८ जिल्लाका सीडीओ अनिवार्य अवकाशमा जाँदै
सारांश
- आर्थिक वर्ष २०८३/०८४ मा विभिन्न जिल्लामा कार्यरत ८ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सेवाबाट निवृत्त हुने भएका छन् ।
- राष्ट्रिय किताबखाना (निजामती)को रेकर्ड अनुसार गृह मन्त्रालय अन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरूमा नेतृत्व गरिरहेका यी राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तहका अधिकारीहरू उमेर हद वा सेवा अवधिका कारण अवकाशमा जान लागेका हुन् ।
- दोलखा, झापा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाँचथर, कपिलवस्तु, बागलुङ, मकवानपुर र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीहरू क्रमशः मंसिर १५, माघ १३, फागुन ११, चैत १०, २०८४ वैशाख ७, वैशाख ८, वैशाख १६ र वैशाख २९ गते अनिवार्य अवकाशमा जानेछन् ।
काठमाडौँ । आर्थिक वर्ष २०८३/०८४ मा विभिन्न जिल्लामा कार्यरत ८ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सेवाबाट निवृत्त हुने भएका छन् ।
राष्ट्रिय किताबखाना (निजामती)को रेकर्ड अनुसार गृह मन्त्रालय अन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरूमा नेतृत्व गरिरहेका यी राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तहका अधिकारीहरू उमेर हद वा सेवा अवधिका कारण अवकाशमा जान लागेका हुन् ।
किताबखानाका अनुसार दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे मंसिर १५ गते अवकाशमा जानेछन् ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल माघ १३ गते, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल फागुन ११ गते अनिवार्य अवकाशमा जानेछन् ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दहाल चैत १० गते सेवाबाट निवृत्त हुनेछन् भने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम २०८४ वैशाख ७ गते, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य २०८४ वैशाख ८ गते, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी २०८४ वैशाख १६ गते र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला २०८४ वैशाख २९ गते सेवाबाट अनिवार्य अवकाशमा जाने किताबखानाको रेकर्डमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा अस्पताललाई ३०० बेडको बनाएर तत्काल सञ्चालन गर्न पूर्व स्वास्थ्यमन्त्री पौडेलको सुझाव
-
होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन
-
पाँचथरको फालेलुङ पहिरो पीडितको उद्धारमा जुट्न आङ्देम्बेको अपिल
-
लुम्बिनीमा नयाँ सरकारबारे अझै औपचारिक छलफल सुरु भएन
-
लागुऔषधसहित भारतमा दुईजना पक्राउ
-
विजयको जननायगन’को बक्स अफिसमा धमाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण