कस्तो रहला आजको तपाईंको दिन ? राशिअनुसार हेर्नुहोस् भाग्यफल
सारांश
- वि.सं. २०८३ साल साउन १० गते आइतबारको पञ्चाङ्ग, बार बेला, राहुकाल र ब्रह्म मुहूर्तको विवरण दिइएको छ ।
- आजको राशिफल अनुसार मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशिको भाग्यफल प्रस्तुत गरिएको छ ।
- विभिन्न राशिका लागि आजको दिनको सम्भावना, चुनौती र शुभ-अशुभ समयको बारेमा ज्योतिषीय विश्लेषण गरिएको छ ।
आजको पञ्चाङ्ग
वि.सं. २०८३ साल साउन १० गते आइतबार । ईस्वी सन् २०२६ जुलाई २६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–द्वादशी दिउँसो २ बजेर ४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–ज्येष्ठा, बिहान ८ बजेर ४९ मिनेट उप्रान्त मूल । योग–ऐन्द्र, रातको १२ बजेर ५ मिनेट उप्रान्त वैधृति । करण–बालव, दिउँसो २ बजेर ४ मिनेट उप्रान्त कौलव, रातको ३ बजेर ५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काण योग । चन्द्रराशि–वृश्चिक, बिहान ८ बजेर ४९ मिनेट उप्रान्त धनु ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर २४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५४ मिनेट । दिनमान ३३ घडी ४७ पला ।
आजको बार बेला
बिहान ५ बजेर २४ मिनेटसम्म उद्वेग बेला ।
बिहान ५ बजेर २५ मिनेटदेखि बिहान ७ बजेर ५ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ६ मिनेटदेखि बिहान ८ बजेर ४७ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ४८ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २९ मिनेटदेखि मध्याह्न १२ बजेर १० मिनेटसम्म काल बेला ।
दिउँसो १२ बजेर ११ मिनेटदेखि दिउँसो १ बजेर ५१ मिनेटसम्म शुभ बेला ।
दिउँसो १ बजेर ५२ मिनेटदेखि दिउँसो ३ बजेर ३२ मिनेटसम्म रोग बेला ।
दिउँसो ३ बजेर ३३ मिनेटदेखि बेलुकी ५ बजेर १४ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ५ बजेर १५ मिनेटदेखि बेलुकी ८ बजेर १४ मिनेटसम्म शुभ बेला ।
नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बेलुकी ५ बजेर १३ मिनेटदेखि बेलुकी ६ बजेर ५४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रह्म मुहूर्त
बिहान ३ बजेर ४८ मिनेटदेखि बिहान ४ बजेर ३६ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मौसम अनुसारको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दूरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरू बढ्ने तथा काम बिग्रने भयले सताउनेछ । व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला । शुभ तथा माङ्गलिक कार्यको लागि बिहानको समय राम्रो रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय मध्यम रहेकोले घर परिवारमा कलह बढ्नेछ । प्रेममा रहेकाहरू टाढै बस्नु उचित हुनेछ । व्यवसायमा लगानीकर्ताहरू बीच मनमुटाव सिर्जना हुने योग रहेको छ । लामो दूरीको व्यावसायिक यात्रामा विलम्ब हुनेछ । सवारी साधन तथा अन्य हार्डवेयरसँग सम्बन्धित वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । सचेत नभए ऋण, रोग तथा शत्रुले सताउनेछन् । काममा ढिलासुस्ती तथा अप्रिय समाचारले दैनिकी प्रभावित हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रियजनसँग भेट हुनुको साथै आतिथ्यपूर्ण सम्मान पाइनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । ऋण तथा रोगबाट छुटकारा पाइनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) इमानदारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्ये लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमत्तापूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा साथीभाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुन सक्छ । तर पनि अध्ययन तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायमा लगानी गरी मनग्ये धन आर्जन गर्न सकिनेछ । छोटो दूरीको उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । नाफामूलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) असजिलो परिस्थितिहरूलाई बुद्धिमत्तापूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवनसाथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागी भई मिठो-मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग रहेको छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ । प्रतिष्ठित काम गर्ने मौका छ। आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ। पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमीको महसुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्तहरूको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलि बढी मिहिनेत गर्नुपर्नेछ । तर पनि लामो दूरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्याङ्कन हुनेछ । शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । दाजुभाइ तथा आफन्तहरूले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ । भविष्यका लागि काम गर्न सकिने समय रहेको छ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाको प्रभावले सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मित्र तथा आफन्तको सहयोग पाइने हुनाले दैनिकी सहज रूपमा बित्नेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यतीत हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापार वा औद्योगिक क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । प्रेमिल जोडीहरूका लागि समयले साथ दिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण