गगन थापाले स्थगित गरे भारत भ्रमण
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले भारतमा चलिरहेको आन्दोलनका कारण अन्तिम समयमा आफ्नो भारत भ्रमण स्थगित गरेका छन् ।
- थापा नेपाली जनसम्पर्क समिति भारतको कार्यक्रममा प्रमुख अतिथि हुने कार्यक्रम थियो ।
- भारतमा कंग्रेस (सिजेपी) को आह्वानमा नीट परीक्षा प्रश्नपत्र लिक प्रकरणमा आन्दोलन चर्किरहेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले अन्तिम समयमा आफ्नो भारत भ्रमण स्थगित गरेका छन् । पार्टीको जनसम्पर्क समिति भारतको कार्यक्रममा सभापति थापा प्रमुख अतिथि भएर जाने कार्यक्रम थियो । तर, थापाले आन्दोलनको कारण देखाउँदै आफ्नो भ्रमण स्थगित गरेका हुन् ।
कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले सभापति थापाले भारतमा चलिरहेको आन्दोलनका कारण अन्तिम समयमा भ्रमण स्थगित गरेको जानकारी दिए ।
‘जनसम्पर्क समितिको अधिवेशनमा सभापतिज्यू जाने कार्यक्रम तय भएको थियो,’ सहमहामन्त्री चौधरीले रातोपाटीसँग भने, ‘भारतमा चलिरहेको आन्दोलनका कारण अन्तिम समयमा आएर स्थगित भयो ।’
भारतको महाराष्ट्रस्थित लोकमान्य तिलक सभागृहमा नेपाली जनसम्पर्क समितिको १०औँ महाधिवेशनमा सभापति थापालाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो।
शनिबार भएको महाधिवेशनको उद्घाटन सत्रमा थापा जाने भनिए पनि सभापति थापा नगएका हुन् । भारतमा कक्रोच जनता पार्टी (सिजेपी) को आह्वानमा प्रदर्शन भइरहेको थियो। कक्रोजले राष्ट्रिय योग्यता परीक्षा (नीट) को प्रश्नपत्र लिक भएको प्रकरणमा गत सोमबारदेखि आन्दोलन चर्काएको थियो । त्यही आन्दोलनका कारण भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार पदबाट राजीनामा दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन
-
पाँचथरको फालेलुङ पहिरो पीडितको उद्धारमा जुट्न आङ्देम्बेको अपिल
-
लुम्बिनीमा नयाँ सरकारबारे अझै औपचारिक छलफल सुरु भएन
-
लागुऔषधसहित भारतमा दुईजना पक्राउ
-
विजयको जननायगन’को बक्स अफिसमा धमाका
-
सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मी रिजालले आत्मदाह गरेको प्रहरी अनुसन्धानको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण