राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– हाम्रो प्राथमिकता सरकारमा जाने छैन
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको प्राथमिकता सरकारमा जाने नभएको बताएका छन् ।
- प्रदेशमा नयाँ सरकार गठन गर्न राप्रपाको आवश्यकता देखिए पनि एमाले र नेकपासँग यस विषयमा कुनै छलफल नभएको उनले बताए ।
- उनले पार्टीमा सल्लाह गरेर निर्णय लिने बताए तर सत्तामा जाने वा सरकारमा सहभागी हुने पार्टीको कुनै योजना नभएको स्पष्ट पारे ।
काठमाडौँ । फेरिएको राजनीतिक समीकरण अनुसार कतिपय प्रदेशहरूमा नयाँ सरकार गठन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समेत आवश्यकता देखिए पनि अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको विषय आफ्नो पार्टीको प्राथमिकतामा नपरेको बताएका छन् ।
प्रदेशमा एमाले कांग्रेस समीकरण भत्किएर एमाले र नेकपाबिच नयाँ समीकरण बने पनि केही प्रदेशमा नयाँ सरकार गठन गर्न राप्रपाको समेत आवश्यकता पर्ने देखिएका बेला अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । साथै, उनले प्रदेश सरकार गठनबारे एमाले र नेकपाले आफूसँग कुनै छलफल समेत नगरेको बताएका छन् ।
‘केही छैन, हामीसँग कसैले कुराकानी पनि गरेको छैन र अहिले हाम्रो प्राथमिकतामा सरकार परेको छैन’, अध्यक्ष लिङदेनको भनाइ छ ।
एमाले र नेकपाले प्रदेश सरकारमा सहभागी हुन प्रस्ताव नगरेको बताएका लिङदेनलाई प्रस्ताव आए कस्तो निर्णय गर्नुहुन्छ भनेर रातोपाटीले सोध्दा पार्टीमा सल्लाह गर्ने जवाफ दिए ।
‘त्यस्तो प्रस्ताव कसैले राख्यो भने पार्टीमा सल्लाह त गरिन्छ तर,सत्तामा जाने सरकारमा सहभागी हुने कुनै लाइन छैन’,अध्यक्ष लिङ्देनको भनाइ छ । एमाले र नेकपाको नयाँ समीकरण अनुसार बागमती, लुम्बिनी र कोशीमा समेत राप्रपालाई साथ लिएर सरकार गठन गर्न सकिने ती दलका नेताहरूको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण