आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

भारतीय टोलीको प्रदर्शन समीक्षा गर्दै बीसीसीआई

आइतबार, १० साउन २०८३, १७ : ०१
आइतबार, १० साउन २०८३

सारांश

  • भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले अर्को महिना भारतीय राष्ट्रिय क्रिकेट टोलीको पछिल्लो प्रदर्शनको विस्तृत समीक्षा गर्ने भएको छ ।
  • समीक्षा बैठकमा मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी प्रशिक्षक तथा सपोर्ट स्टाफको सम्झौताबारे पनि निर्णय हुन सक्ने छ ।
  • आयरल्यान्ड र इङ्ल्यान्डमा भारतले खेलेका खेलहरूमा अपेक्षाअनुसार नतिजा आउन नसकेको विषय बैठकको मुख्य एजेन्डा रहनेछ ।

काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले अर्को महिना भारतीय राष्ट्रिय क्रिकेट टोलीको पछिल्लो प्रदर्शनको विस्तृत समीक्षा गर्ने भएको छ । समीक्षा बैठकमा मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी प्रशिक्षक तथा सपोर्ट स्टाफको सम्झौताबारे पनि निर्णय हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

क्रिकेटसम्बन्धी वेबसाइट क्रिकबजका अनुसार बीसीसीआईले आयरल्यान्ड, इङ्ल्यान्ड र जिम्बाब्वे भ्रमणका क्रममा भारतले गरेको प्रदर्शनको समग्र मूल्याङ्कन गर्नेछ ।

बीसीसीआईका सचिव देवजित सैकियाले पछिल्ला एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय खेलहरूको समीक्षा गरिने जानकारी दिएका छन् । विशेषगरी आयरल्यान्ड र इङ्ल्यान्डमा भारतले खेलेका खेलहरूमा अपेक्षाअनुसार नतिजा आउन नसकेको विषय बैठकको मुख्य एजेन्डा रहनेछ ।

समीक्षा बैठक अगस्ट महिनाको शुरूमा हुने तयारी भए पनि यसको मिति भने सार्वजनिक गरिएको छैन ।

भारतले गएको मार्चमा टी–२० विश्वकपको उपाधि जितेपछि श्रेयस अय्यरको कप्तानीमा निरन्तर कमजोर प्रदर्शन गर्दै आएको छ । भारतीय टोलीले गएको महिना आयरल्यान्डविरुद्धको दुई खेलको टी–२० शृङ्खला २–० ले गुमाएको थियो भने इङ्ल्यान्डसँगको पाँच खेलको टी–२० शृङ्खलामा ४–० को लज्जास्पद हार बेहोरेको थियो ।

लगातारको कमजोर प्रदर्शनपछि बीसीसीआईले टोली र प्रशिक्षक समूहको समीक्षा गर्न लागेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप