आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला

आइतबार, १० साउन २०८३, १७ : ३४
आइतबार, १० साउन २०८३

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङ क्षेत्रमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । थाहा नगरपालिका-१० निवासी ४१ वर्षीय आश्मान गोपाली आज बिहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बर्तौलाले जानकारी दिए । 

मृतक नजिकैको होटेलमा बसेको भन्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको जानकारी दिँदै उनले घटनाबारे अनुसन्धान जारी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप