आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

रौतहटमा खोलामा डुबेर बालकको मृत्यु

आइतबार, १० साउन २०८३, १७ : ०३
आइतबार, १० साउन २०८३

सारांश

  • रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित अरुवा खोलामा नुहाउने क्रममा एक ९ वर्षीय बालकको डुबेर मृत्यु भएको छ।
  • शनिवार दिउँसो भएको घटनामा मृत्यु भएका बालकको शव पोस्टमार्टमपछि परिवारले बुझेको छ।
  • यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

रौतहट । रौतहटमा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मन्जुरघाटस्थित अरुवा खोलामा नुहाउने क्रममा फतुवा विजयपुर–५ सन्तपुर टोल निवासी शेख मुन्नाका ९ वर्षीय छोरा शेख तमिनको डुबेर मृत्यु भएको हो।

शनिवार दिउँसो भएको सो घटनामा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा आज बिहान पोस्टमार्टम सम्पन्न भएपछि मृतकका फुपाजु शेख हसमुदिनले शव बुझेको  प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप