सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान

सोमबार, ११ साउन २०८३, १४ : ३६
सोमबार, ११ साउन २०८३

सारांश

  • गामा एसियन च्याम्पियनसिपमा भाग लिन नेपाली मिक्स मार्सल आर्ट टोली मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।
  • यो प्रतियोगिता जुलाई २८ देखि अगस्ट २ सम्म सञ्चालन हुनेछ, जसमा नेपालसहित २२ राष्ट्रका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
  • प्रकृति राई, रचना सिल्वाल, एलिस भोम्जन र सन्नी सिंह सुनारले विभिन्न तौल समूहमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

काठमाडौँ । गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली मिक्स मार्सल आर्ट टोली त्यसतर्फ प्रस्थान गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना हुने गामा एसियन च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने सोमबार नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रतियोगिताको लागि ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा मिक्स मार्सल आर्ट (गामा) नेपालका अध्यक्ष विनोद महर्जनको नेतृत्वमा खेलाडी र अफिसियलको टोली मलेसिया प्रस्थान गरेको हो । मलेसिया एसोसिएसनको निमन्त्रणामा हुन लागेको उक्त च्याम्पियनसिप आगामी जुलाई २८ देखि अगस्ट २ सम्म सञ्चालन हुनेछ ।

उक्त च्याम्पियनसिपमा नेपालका तर्फबाट प्रकृति राई, रचना सिल्वाल, एलिस भोम्जन र सन्नी सिंह सुनारले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। टोलीको अफिसियलतर्फ सागर चित्रकार, राज महर्जन र उमेश महर्जन रहेका छन् ।

मलेसिया प्रस्थान गर्नुअघि आयोजित एक कार्यक्रममा बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलाडी तथा अफिसियलहरूलाई बिदाइ गरेका थिए ।

टोली नेता विनोद महर्जनका अनुसार उक्त प्रतिष्ठित एसियन च्याम्पियनसिपमा नेपालसहित कुल २२ राष्ट्रको सहभागिता रहनेछ। नेपाली टोलीले पदक जित्ने लक्ष्यका साथ तयारी गरेको महर्जनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप