विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
काठमाडौँ । विज्ञापन बोर्डले मुलुकभित्र प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई प्रसारण अनुमति लिनुपर्ने जनाएको छ।
बोर्डले साेमबार सूचना जारी गर्दै बोर्डको स्वीकृति नलिई विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन प्रसारण भइरहेको, विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देशलगायत अनिवार्य विवरण उल्लेख नगरिएको तथा तथ्यहीन, अतिरञ्जित र उपभोक्तालाई भ्रममा पार्ने सामग्रीसमेत प्रसारण भएको पाइएको जनाएको छ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५(ख), विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम (५) तथा विज्ञापन प्रसारण सामग्री परीक्षणसम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) अनुसार विज्ञापन सामग्री परीक्षण तथा अनुमति दिने अधिकार विज्ञापन बोर्डमा रहेको छ।
बोर्डले नेपालमा प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारणअघि अनिवार्य रूपमा परीक्षण गराई अनुमति लिन तथा हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापन सामग्री तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको हो।
प्रचलित कानुनविपरीत रहेका विज्ञापन सामग्री तत्काल हटाउन भनिएको छ। कानुनी व्यवस्था उल्लङ्घन गरी विज्ञापन प्रसारण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बोर्डले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
-
शिक्षकहरूको गुनासो– हामीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरियाे
-
क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि साउन १४ सम्मको समयसीमा
-
'कांग्रेसले धोखा दिएपछि वाम सहकार्य भयो, हामी जस्तोसुकै अग्निपरीक्षा दिन तयार छौँ'
-
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण