हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
सारांश
- अमेरिकाको नेब्रास्काबाट पाँच वर्षअघि हराएको कुकुर ६४२ माइल टाढा इन्डियाना राज्यमा फेला परेको छ ।
- सामाजिक सञ्जाल र माइक्रोचिपको सहयोगले कुकुर चोङलाई उसको परिवारले पुनः भेट्टाएको छ ।
- पाँच वर्षपछि पुनर्मिलन भएको यो घटनालाई परिवारले चमत्कार मानेको छ ।
नेब्रास्का । अमेरिकाको नेब्रास्का राज्यबाट पाँच वर्षअघि हराएको एक कुकुर ६४२ माइल टाढा फेला परेको छ ।
सामाजिक सञ्जाल र माइक्रोचिपको सहयोगले सम्भव भएको यो घटनालाई कुकुरको मालिक परिवारले चमत्कार भनेको छ । इनमाकुलाडा ज्याकम्यानको पाल्तु कुकुर चोङ सन् २०२१ मा नेब्रास्काको लिन्कनस्थित घरबाट हराएको थियो । त्यसयता उनले आफ्नो कुकुरको खोजी कहिल्यै छाडिनन् । उनका अनुसार परिवारले पुरानो बस्तीमा बारम्बार गएर चोङ कसैसँग हिँडिरहेको वा वरपर देखिन्छ कि भनेर निरन्तर खोजी गरिरह्यो ।
हराएपछि कसैले चोङको शरीरमा माइक्रोचिप जडान गरिदिएको थियो । त्यसपछि ऊ कसरी त्यहाँ पुग्यो भन्ने अझै स्पष्ट नभए पनि, अन्ततः अमेरिकाको इन्डियाना राज्यको एक ट्रक स्टप पछाडि फेला परेको थियो । स्थानीय पशु आश्रयस्थलका कर्मचारीहरूले माइक्रोचिप स्क्यान गर्दा त्यसमा रहेको विवरणले चोङको वास्तविक परिवारसम्म पुग्न मद्दत गर्यो ।
यस घटनाबारे फेसबुकमा राखिएको पोस्ट एक साथीले इनमाकुलाडा ज्याकम्यानलाई पठाइदिएपछि उनले तुरुन्तै पशु आश्रयस्थलमा सम्पर्क गरेकी थिइन् । आश्रयस्थलका कर्मचारीहरूले चोङलाई पहिले हेरचाह गरेका हुन सक्ने व्यक्तिहरूले सम्पर्क नगरेसम्म पर्खिरहेको बताएका थिए । तीन दिनपछि कानुनी प्रक्रिया पूरा भएपछि चोङलाई पुनः आफ्नै परिवारलाई जिम्मा लगाइएको थियो ।
चोङलाई लिन इनमाकुलाडा ज्याकम्यान मात्र होइन, चोङको अर्को कुकुर साथी चे चे पनि इन्डियाना पुगेको थियो । पाँच वर्षपछि भएको पुनर्मिलन भावुक बनेको परिवारले जनाएको छ । ‘कहिल्यै आशा नमार्नुहोस् । पाँच वर्षपछि पनि हामी हाम्रो चोङलाई फेला पार्न सफल भयौं,’ कुकुर भेटिएपछि इनमाकुलाडा ज्याकम्यानले भनिन् । हाल चोङ आफ्नो परिवारसँग सुरक्षित रूपमा नेब्रास्काको लिन्कनस्थित घर फर्किसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण