ललितपुरमा बैंक तथा फाइनान्स चोरी गर्ने गिरोह प्रहरीको फन्दामा
ललितपुर– गोदावरी नगरपालिका–६ टिकाभैरव बजारमा रहेको लुम्बिनी बैंकका सुरक्षागार्ड श्यामकृष्ण खड्का भर्खर निदाएका मात्र थिए । सोमबार (भदौ १८ गते) राती १२ बजे, बाहिरबाट कसैले झ्यालको ग्रिल फुटाएजस्तो आवाज आयो ।
निन्द्रबाट उनी ब्युँझदा चारजना बैंक लुटेरा झ्याल फुटाएर भित्र प्रवेश गरिसकेका थिए ।
‘मसँग उनीहरुले साँचो मागे, काउन्टर देखाउन आदेश गरे,’ सुरक्षागार्ड खड्का भन्छन्, ‘काउन्टर कहाँ छ भन्दै मेरो हात बाँधेर बैंकभित्र छापछाप्ती पैसा खोजे तर भेटेनन् ।’
श्यामकृष्ण लाई ‘कराईस भने मार्छौँ’ भन्दै उनीहरुले पैसा खोजे तर नभेटेपछि करिब १ हजार किलोको सेफ फुटाउने प्रयत्न गरे, तर संभव भएन् ।
‘सेफ निकै ठूलो थियो, फोड्न सकेनन्’ त्यो रातको घटना सम्झदै श्यामकृष्ण भन्छन्, ‘त्यसपछि उनीहरुले मेरो मोबाइल र हामीले भिर्ने दुईथान खुकुरी लिएर हिँडे ।’
पिकअप भ्यानमा फर्मा लगायतका घर फुटाउन प्रयोग हुने सामान लिएर रातभर यसरी चोरी गर्दै हिँड्ने गिरोहलाई ललितपुर प्रहरीले पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ ।
‘पटक–पटक बैंक तथा सहकारी चोरीमा संलग्न गिरोहलाई नियन्त्रणम लिन सफल भएका छौँ,’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रविन्द्र धानुक भन्छन्, ‘पक्राउ परेका चार जनामाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।’
ललितपुर प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मकवानपुरको एउटै गाउँका रहेका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ कोदोखोरियाका सोमलाल स्याङतान, सोमलाल थिङ, राजु लामा र कुमार लामा पक्राउ परेको एसएसपी धानुकले रातोपाटीलाई जानकारी दिए ।
सोमबार विहान करिब ३ बजे लतिलपुरको छम्पीमा रहेको प्रल्हादा विष्टको घरको झ्याल फोडेर चोरी गर्दै गरेको अवस्थामा घरधनीले थाहा पाएपछि भागेको उक्त समुहलाई प्रहरीले भैंसेपाटीस्थित वाईवाई मोडबाट चोरी गर्न प्रयोग गरिएको गाडीसहित पक्राउ गरेको हो ।
लुटपाटमा संलग्न यो गिरोहले गत साउन ३१ गते रातको समयमा महालक्ष्मी नगरपालिका–६ सिद्धीपुरमा रहेको ‘सत्य बचत तथा ऋण सहकारी संस्था’को ढोका फोडेर दुईओटा आईफोन सहित १ लाख २५ हजार बराबरको धनमाल डकैती गरेको पाइएको छ ।
‘फाइनान्स डकैती गरेदेखि नै उक्त समुह हाम्रो खोजी सूचिमा थियो’ एसएसपी धानुकले भने, ‘निजहरु चोरीका यस्ता अन्य घटनामा समेत संलग्न भएको हुनसक्ने देखिएको छ, विस्तृत अनुसन्धान भइरहेको छ ।’
बैंक तथा वित्तिय संस्थाहरुलाई टार्गेट बनाएर चोरी गर्ने यो समुहले आइतबार (भदौ ३१ गते) गोदावरी नगरपालिका–५ लेलेमा रहेको गंगाराज थापाले सञ्चालन गरेको स्टेशनरी फोडेर १० हजार नगद चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
ललितपुर प्रहरीले उनिहरुको साथबाट चोरी गर्न प्रयोग हुने औजारहरु, क्यामेरा, विभिन्न व्यक्तिका नामका चेकबुक तथा मोवाईल लगायतका सामग्री बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको संक्षिप्त आदेश (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण