भक्तपुरमा भूकम्पपछिका सम्पदाः कतै ठडिए, कतै उही अवस्था
भक्तपुर– २०७२ सालमा गएको भूकम्पले नेपालका धेरै ऐतिहासीक सम्पदाहरुलाई खण्डहर बनाइ दियो । भक्तपुर जिल्ला नेपालको एउटा यस्तो जिल्ला हो, जहाँ धेरै सांस्कृतिक महत्व बोकेका मठ, मन्दिर, सत्तल, पाटी र पौवाहरु रहेका छन् ।
भक्तपुरको दरबार क्षेत्र, दतात्रय क्षेत्र र चांँगुनारायण मन्दिर परिसर धेरै ऐतिहासिक संरचनाहरु छन् । स्वदेशी तथा विदेशीका लागि अध्ययनको लागि विश्वविद्यालय जस्तै नेपालका सांस्कृतिक सम्पदाहरुको समयानै पुनः निर्माण हुन नसक्दा पर्यटन क्षेत्रमा गलत सन्देश जाने देखिन्छ ।
पुनः निर्माण प्राद्यिकरण, संस्कृति तथा पर्यटन मन्त्रालय, स्थानीय सरकार र स्थानीय जनताले चासो नदिने र सहकार्य नगर्ने हो भने भत्किएका संरचनाहरु बन्न कति समय लाग्ला भन्न सकिने अवस्था छैन् ।
सरकारले पुनःनिर्माणका क्रममा मूर्त सम्पदासँगै अमूर्त सम्पदाको पनि संरक्षण गर्नुपर्ने धारणा भक्तपुरमा आयोजित एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रबिन्द्र अधिकारीले राखे पनि त्यो कहिले हुन्छ भन्ने निश्चित छैन् ।
मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार नगरपालिकाले यो आर्थिक वर्ष २०७५/०७६ मा मन्दिर, सत्तल, मठ लगायतका संरचना पुनः निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजित गरेको छ ।
उनले आगामी वर्षेदेखि निरन्तर रुपमा संरक्षण जिर्णोद्धारका लागि रकम छुट्टयाउने बताए । भक्तपुर नगरपलिका क्षेत्रभित्र रहेका कतिपय मठ मन्दिरको पुनः निर्माण सकिएको छ । नेपाल सरकार र नगरपालिका आफैँ सम्पादको पुनः निर्माण जिर्णोद्धार गरिरहेको छ । केही समय आगागी जर्मन परियोजनले सहकार्य गर्ने इच्छा देखाएपनि सांस्कृतिक सम्पदाक आफैँले पुनः निर्माण गर्ने भन्दै भक्तपुर नगरपालिकाले उक्त प्रस्ताव अस्विकार गरेको छ ।
विश्व सम्पदामा सूचिकृत चाँगुनारायण मन्दिर परिसमा रहेकोे चौघेरा सत्तलको पुनःनिर्माण गर्न पुरात्व विभागले ठेक्का दिएको र दुई वर्षभित्रमा सम्पन्न हुने चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् ।
विश्व सम्पदा सूचिमा रहेको चाँगुनारायण मन्दिर परिसरमा रहेका मन्दिर, चौघेरा सत्तल, किलेश्वर मन्दिर, भिमसेन पाटी, अमात्य सत्तल, शिव मन्दिरलगायतका सम्पदाहरु संरक्षण, जिर्णोद्धारका लागि नेपाल सरकारले बहुवर्षीय योजनामा राखेको छ ।
जसमध्ये पहिलो वर्ष विनियोजित १ करोड रुपैयाँ चाँगुनारायण मन्दिर संरक्षण लागि आएकोमा ८० रुपैयाँ खर्च गरि मन्दिरको संरक्षण गरिएको हो ।
चौघेरा सत्तलसहित अन्य संरचना बनाउन २४ करोड बजेट लाग्ने अनुमान गरिएको छ । चालू आर्थिक वर्षमा बहुवर्षीय चौघेरा सत्तल पुनःनिर्माणका लागि ३ करोड रुपैयाँ विनियोजित गरिएको छ । पुरातत्व विभाग स्मरण संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका अनुसार भक्तपुर जिल्लाभित्र पुनःनिर्माणका लागि ३८वटा सम्पदाहरु रहेका थिए ।
जसमध्ये बालकुमारी मन्दिर र सत्तल थिमि, महालक्ष्मी द्यो छेँ भक्तपुर, च्वोदेस्थित मासिम सत्तल थिमि, राममन्दिर संरक्षण भक्तपुर लगायतका १३ वटामा पुनः निर्माण तथा संरक्षण कार्य सम्पन्न भएको छ ।
बहुवर्षीय योजना अन्तर्गत भक्तपुरमा १२ वटा सम्पदाहरुको संरक्षण तथा पुनः निर्माण गर्ने तयारी रहेको छ ।
जसमा राष्ट्रिय कला संग्रहालय, निलबाराही सत्तल, फसिदेगः (सिलु महादेव) पुनः निर्माण, बाराहीस्थित सत्तल पुनः निर्माण लगायतका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण