मालपोत कार्यालय चावहिलका प्रमुख तिमल्सिना प्रहरी नियन्त्रणमा
काठमाडौं– मालपोत कार्यालय चावहिलका प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिना पक्राउ परेका छन् । बुढानिलकण्ठस्थित चन्दन कृष्ण कायस्थको स्वामित्वमा रहेको करोडौंको जग्गा किर्ते कागजात बनाएर बिक्री गरेको अभियोगमा तिमल्सिनालाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनिल मल्लले जानाकारी दिएका छन् ।
डिएसपी मल्लकाअनुसार प्रमुख मालपोत अधिकृत तिमल्सिनासहित नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठ र चावहिल मालपोतका दुई कार्यालय सहयोगी पनि पक्राउ परेका छन् । यसअघि भदौ तेस्रो साता गौशाला प्रहरीले चावहिल मालपोतका अन्य चारजना कर्मचारीलाई पनि नियन्त्रणमा लिएको थियो ।
२०६५ सालमा नक्सालका चन्दन कृष्ण कायस्थले खरिद गरेको बुढानिलकण्ठको जग्गा चन्दनले थाहै नपाई नक्कली चन्दनहरुले ६ करोडमा मालपोत कार्यालय चावहिलका कर्मचारीसँग मिलेर बिक्री गरेका थिए ।
चन्दनको नागरिकता लगायतका कागजात किर्ते गरेर रामेछाप सालु स्थायी घर भएका ध्रुवप्रसाद भट्टराई, दक्षिणकालीका कृष्ण देवकोटा र नक्कली जग्गाधनीको नामबाट वारेस लिएर जग्गा पास गरिदिने प्रदिप प्रसाद गौतमलाई भदौ १९ गते नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
‘जग्गा खरिद गर्नेहरुको बयानको आधारमा मालपोत कार्यालय चावहिलका कुल ८ जना कर्मचारी पक्राउ परिसकेका छन्’ डिएसपी सुनिल मल्लले भने, ‘पक्राउ परेकाहरुमाथि लिखत चथा संगठित अपराध मुद्धामा अनुसन्धान भइरहेको छ ।’
बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्ट पछाडि रहेको उक्त साढे दुई रोपनी जग्गाको हालको बजार मुल्य करिब १० करोड पर्ने बताईएको छ । तर, किर्ते कागजात बनाएर ध्रुवप्रसाद भट्टराई, दक्षिणकालीका कृष्ण देवकोटा र प्रदिप प्रसाद गौतमले ६ करोडमा लेनदेन गरेका थिए ।
यो पनि पढ्नुहोस् :
मालपोतमै गोलमाल : नक्कली धनी खडा गरेर यसरी बेचियो ६ करोडको जग्गा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण