७ वर्षदेखि लिभिङ टुगेदर, सम्बन्ध बिग्रेपछि बलात्कारको उजुरी
काठमाडौं– भदौ १६ गते एक युवती आफूमाथि जबरजस्ती करणीको प्रयास भएको भन्दै महानगरीय प्रहरी परिसर टेकु पुगिन् ।
तिनै युवतीको जाहेरीका आधारमा प्रहरीले खोटाङ स्थायी घर भएका राई थरका युवकलाई खोज्न थाल्यो । जबर्जस्ती करणी उद्योग (एटेम्ट टु रेप) का आरोपी राईलाई पक्राउ गर्न प्रहरीले गएको भदौ १७ गते सुन्धारामा हवाई फायर नै गरेको थियो ।
यद्यपी महानगरीय प्रहरी परिसर काठमाडौंले गोली चलाएको कुरा स्वीकार गरेको छैन । तर, प्रत्यक्षदर्शीले सिभिल ट्रेड सेन्टरको पार्किङ हुँदै राई भागेपछि गोली चलाएको दाबी गर्दै आएका छन् ।
लगभग एक महिनापछि तिनै राई पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले सोमबार पक्राउ परेका उनलाई जबर्जस्ती करणी उद्योगमा म्याद लिएर अनुसन्धान शुरु गरिएको रातोपाटीलाई जानकारी दिए ।
राई र ती युवती सात वर्षदेखि लिभिङ टुगेदरमा थिए । दरबारमार्गस्थित क्लव डेजाभु र किंग्स लाउन्ज नामक रेष्टुरेण्टका सेयर होल्डर समेत रहेका राईले सिभिल ट्रेड सेन्टरमा मोबाईल पसल समेत सञ्चालन गर्दै आएका थिए ।
राईका निकटस्थहरुका अनुसार उनले लगानी गरेका व्यवसायहरुको हिसाव–किताव समेत हेर्ने ती युवती लामो समय प्रेमी–प्रेमिकाको हैसियतमा बसेका थिए ।
राईले उनलाई छुट्टै गाडी समेत किनिदिएका थिए । तर, पछिल्लो समय उनीहरुबीचको सम्बन्धमा दरार आएसँगै ‘तर्साउनका लागि’ प्रहरी समक्ष पुगेकी थिइन् ।
तर, तर्साउने नियतले जाहेरी दिएपनि कानुन अनुसार राईमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । यसरी वर्षौदेखिको प्रेमिल ‘लिभिङ टुगेदर’ अन्ततः जबर्जस्ती करणी उद्योगमा परिणत भएको छ ।
राईलाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको बोगटीले जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस्
‘मिस तामाङ’ भैसकेकी प्रेमिकालाई धोका दिने केटालाई प्रहरीका सईले पेस्तोल देखाउँदै लखेटेपछि...!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण