समय थप गरेकै दिन दुर्घटनापछि टिपर सञ्चालनको निर्णय फिर्ता
काठमाडौँ । काठमाडौं उपत्यका भित्रको रिङरोड र त्यसभित्र निर्माण सामग्री बोेकेका टिपर सञ्चालनका लागि बढाइएको समयावधी फिर्ता लिइएको छ ।
बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र महानगरीय ट्राफिक महाशाखा प्रमुख बसन्त कुमार पन्तले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर चलाउन दिने निर्णय गरेका थिए ।
तर, बुधबार नै भक्तपुरको पाण्डुबजारमा तीब्र गतिमा आएको टिपरले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएसँगै उक्त निर्णय फिर्ता भएको बताइएको छ ।
ट्राफिक प्रहरी महाशाखाले आफ्नो फेसबुक पेजमा सूचना जारी गरेर ट्रिपर सञ्चालनसम्बन्धी नयाँ निर्णय फिर्ता भएको भन्दै गत साउन १ गतेकै निर्णय अनुसार ट्रिपर सञ्चालन हुने जानकारी दिएको छ ।
गत साउन १ गतेको निर्णय अनुसार काठमाडौँ उपत्यकामा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र टिपर सञ्चालन गर्न पाइन्छ ।
ट्राफिक प्रहरीले रिङरोड बाहिर कोटेश्वर जडीबुटी खण्डमा पनि पुरानै समयअनुसार टिपर सञ्चालन हुने जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण