‘बामदेवको लागि दबाबमा सीट खाली गरेको होइन’
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले आफूले कसैको दबाबमा आएर सचिवालय सदस्य वामदेव गौतमको लागि सिट खाली गर्न नलागेको स्पष्ट पारेका छन् ।
सोमबार बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई काठमाडौँको क्षेत्र नम्बर ७ बाट उपनिर्वाचनबाट संसदमा भित्र्याउनेबारे छलफल भएको थियो ।
यसबारेमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि मानन्धर मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएका हुन् ।
सांसद मानन्धरले पार्टीमा राजीनामा पत्र बुझाइसकेको जानकारी दिँदै भने, ‘मैले कसैको दबाबमा आएर राजीनामा दिन लागेको होइन, मैले आफैले वहाँलाई मेरो क्षेत्रबाट प्रस्ताव गरेको हुँ ।’
यसअघि विभिन्न ठाउँबाट गौतमलाई उठाउने तयारी गरिएपनि त्यो सफल हुन सकेको थिएन ।
‘वहाँ पार्टीका सिनियर नेता हुनुहुन्छ । पार्टीमा धेरै दुःख गर्नुभएको छ,’ मानन्धरले भने, ‘काठमाडौँ क्षेत्र नम्बर ७ को विकासका लागि मैले वहाँलाई ठाउँ खाली गर्न लागेको हुँ ।’
उनले पार्टीलाई बुझाएको राजीनामाको बारेमा पार्टीमा भोलि छलफल हुने र त्यहाँबाट निर्णय भएपछि सभामुखलाई औपचारिक राजीनमा बुझाउने पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण