यातायात कार्यालय एकान्तकुनाका तत्कालिन प्रमुखसहित १० कर्मचारी बिरुद्ध मुद्दा दायर
काठमाडौँ । यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमती एकान्तकुनाका तत्कालिन कार्यालय प्रमुख तेजनारायण यादव सहित १० कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार यादवसहित शाखा अधिकृत ईश्वरराज रेग्मी, मेकानिकल ईन्जिनियर श्याम केसी, शाखा अधिकृत भुपराज दाहाल, शिव प्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, ठुलो भ¥याङमा कार्यरत शाखा अधिकृत शालिग्राम पौडेल र यातायात ब्यवस्था विभागका अपरेटर लक्ष्मण तिवारी बिरुद्ध मुद्धा दायर गरेको हो ।
आयोगले ठुलो भ¥याङमा कार्यरत कम्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुनामा कार्यरत नासु लेखनाथ भुषाल उपर पनी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
‘आर्थिक लाभ लिएर राष्ट्रसेवक कर्मचारीहरुले ट्रायल परिक्षाको नतिजा फेरबदल एवम् थपघट गराएर लाइसेन्स बाँडेको अनुसन्धानबाट खुलेको छ’ अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले भने, ‘उनीहरुले २०७४ साउन १ गतेदेखी फागुन २५ सम्मको अवधिमा २०८ ओटा लाइसेन्सको नतिजा फेरबदल गरेर भ्रष्टाचार गरेको आयोगको अनुसन्धानको क्रममा देखिएको छ ।’
कर्मचारीहरुले आर्थिक लाभ लिएर २०४ ओटा सवारी चालक अनुमति पत्र बिक्री नै गरिसकेको बताईएको छ । आयोगले तथ्याङ्क परिवर्तन गरेर सक्कली लाइसेन्स बिक्री गर्ने कार्यमा संलग्न कर्मचारीहरु उपर भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ को कसुरमा सोही दफा १३ बमोजिम हदैसम्मको जरिवाना र कैद सजाय हुन विशेष अदालतसमक्ष माग दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको संक्षिप्त आदेश (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण