दुई जना प्रहरीको असफलतालाई सिंगो संगठनसँग जोड्न मिल्दैन : खनाल
काठमाडौँ । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले दुई जना प्रहरीको असफलतालाई सिंगो संगठनको असफलताको रुपमा हेर्न नमिल्ने बताएका छन् ।
६३ औँ प्रहरी दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै खनालले यसरी एउटा मुद्दामा पूरै प्रहरी संगठनलाई जोड्दा इमान्दार प्रहरीको मानमर्दन हुने बताएका हुन् ।
उनको संकेत निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणतर्फ थियो । निर्मलाको बलात्कारी तथा हत्यारा पत्ता लगाउन नसक्दा यतिबेला सम्पूर्ण प्रहरी संगठन तथा सरकारसमेत दबाबमा रहेको छ ।
केही समयअघि सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरुले गृहमन्त्री रामबहादुर थापा समक्ष आइजीपी खनाललाई बर्खास्त गर्न माग गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए ।
‘संगठनको बर्दी लगाएकाप्रहरी अधिकृत नै अनुसन्धानका विज्ञ हुन्,’ खनालले भने, ‘अनुसन्धानको समयसीमा तोक्न सकिँदैन । अनुसन्धानको लागि धैर्यता पनि प्रदर्शन गर्नुपर्छ ।’
उनले अघिल्लो वर्ष ९० प्रतिशत अपराधीहरु कानूनी दायरामा आएको तथ्य पनि प्रस्तुत गरे ।
उच्च हिमाली गाउँमा भाँडाका घरमा अक्सिजनसमेत अपुग भएको ठाउँमा प्रहरी दत्तचित भएर राष्ट्र सेवामा खटिरहेको भन्दै प्रहरीमाथि आशंका नगर्न खनालले आग्रह गरे । ‘विकासको महत्वपूर्ण साधन प्रहरी संगठन हृदयदेखि तयार छ,’ उनको भनाई थियो ।
खनालले प्रहरी यतिबेला अपराध गरेर सहज उम्कने तथ्यसँग हामी लडिरहेको जिकिर गर्दै भोलिका दिनमा आउने सुरक्षा चुनौतिसँग जुध्न सक्षम प्रहरी निर्माण गरिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको संक्षिप्त आदेश (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण