विद्यालय क्रान्तिको बारुदखाना : अध्यक्ष बिजुक्छे
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विद्यालयहरू क्रान्तिको बारूदखाना भएको बताएका छन् ।
तीनदिने नेपाल क्रान्तिकारी शिक्षक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले विद्यालयहरू क्रान्तिको बारूदखाना भएकाले देश र राष्ट्रियताको पक्षमा विद्यार्थीलाई सैद्धान्तिकरूपले तयारी गर्नुपर्ने बताए ।
बिजुक्छेले शिक्षकले हरेक दिन विद्यार्थीलाई पाठ्यपुस्तक बाहेक देशभक्तिपूर्ण भावना जगाउने र विस्तारवाद एवं साम्राज्यवादको विरोधमा सचेत गराउनु पर्छ, पाठ्यपुस्तकमा भएका हरेक विषयवस्तुलाई माक्र्सवादी आँखाबाट केलाई सही ज्ञान विद्यार्थीलाई दिन शिक्षक अग्रसर हुनुपर्छ भने ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले संविधानमा विद्यालय शिक्षा निःशुल्क र अनिवार्य गरे पनि निजी विद्यालयलाई यथावत् राखेर जनतालाई धोका दिएको आरोप लगाए ।
सो अवसरमा प्रदेश नं। ३ का सांसद सुरेन्द्रराज गोसाईँ, अर्का सांसद सृजना सैंजु, नेक्राशि सङ्घका केन्द्रीय संयोजक ज्ञानसागर प्रजापतिलगायतले विद्यालय शिक्षा निःशुल्क हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको संक्षिप्त आदेश (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण