बानेश्वरमा खुकुरी हानेर ‘बिक्की’ को हत्या गरेको अारोपमा दुईजना पक्राउ
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित गैरीगाउँको सुकुम्बासी टोलमा ग्याङ फाइट हुँदा खुकुरी प्रहार गरेर बिक्की लिम्बुको हत्यामा संलग्न दुई जनालाई प्रहरीले घटना घटेको केही घण्टामै नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मकवानपुर घर भएका मनिष बानियाँ र काठमाडौंको तार्केश्वर नगरपालिका घर भएका महेश परियारलाई नियन्त्रणमा लिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले रातोपाटीलाई जानकारी दिए ।
महाशाखाका प्रहरी नायब उपरिक्षक (डिएसपी) रुगम कुँवर नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको साङ्लाबाट नियन्त्रणमा लिएको बताएको छ ।
शनिबार मध्यान्ह बानेश्वरस्थित सुकुम्बासी वस्तीमा दुई समूहबीच ग्याङ फाइट हुँदा सुकुम्बासी टोलमा बस्दै आएका विक्की लिम्बुको मृत्यु भएको थियो ।
मनिष बानियाँ र महेश परियारले खुकुरी प्रहार गरेपछि गम्भिर घाईते भएका लिम्बुको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा अनिल श्रेष्ठ (बर्ष २३) गम्भिर घाईते भएका छन्, उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
प्रहरी स्रोतका अनुसार सुकुम्बासी बस्तीस्थित बाग्मती पुलवारीको शान्तिनगर टोल र पुलपारीको जोगी टोलमा बस्दै आएका दुई समूहको बीचमा ड्रग्सको डिलरको विषयलाई लिएर खुकारी हानाहान भएको थियो ।
ग्याङ फाइटमा संलग्मध्ये अधिकांश ड्रग्स प्रयोगकर्ता तथा कारोवारी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यो पनि पढ्नुहोस
काठमाडौंको बानेश्वरमा दुई समूहबीच खुकुरी हानाहान, एकजनाको मृत्यु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको संक्षिप्त आदेश (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण