६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, को कहाँ ?
काठमाडौं– गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।
शुक्रवार साँझ मन्त्रालयले गोरखामा कार्यरत नारायण भट्टराईलाई पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा काज सरुवा गरेको छ । पर्साका सिडीओ लोकनाथ पौडेललाई रौतहट सरुवा गरिएको छ ।
आवश्यकता अनुसार केही जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको गृह–प्रवक्ता (सह–सचिव) रामकृष्ण सुवेदीले रातोपाटीलाई जानकारी दिए ।
उनले भने, ‘मन्त्रालयको आवश्यकता अनुसार केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ, जुन हाम्रो निममित प्रक्रिया नै हो ।’
रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल दाङ सरुवा भएका छन् । दाङका प्रजिअ गजेन्द्र बहादुर श्रेष्ठ भने गोरखा सरुवा भएका छन् ।
उप–सचिव प्रमुख जिल्ला अधिकारी हुने जिल्लाहरु अर्घाखाँची र मनाङका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन भएका छन् ।
मन्त्रालयमा कार्यरत प्रेमलाल लामिछानेलाई अर्घाखाँची र रुद्रनाथ देवकोटालाई मनाङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । यसअधि धनुषाको कामु प्रमुख जिल्ला अधिकारी चलाएका लामिछाने मन्त्रालयमा कार्यरत थिए ।
मन्त्रालयले शुक्रवार साँझ हेरेफेर गरेका प्रमुख जिल्ला अधिकारी मध्ये पर्साका लोकनाथ पौडल छोटो समयमा नै परिवर्न गरिएका प्रजिअ हुन् । पौडेललाई गत वैशाखामा पर्सा पठाइएको थियो ।
सह–सचिवलाई सरुवा अवधि नलाग्ने हुनाले परिणाममुखी काम नगरेको भन्दै मन्त्रालयले पौडेललाई छोटो समयमा नै परिवतर्न गरेको बताइएको छ ।
‘सेकेन्ड क्लास’ अफिसरलाई दुई वर्ष भन्दा कम समयमा प्रमुख जिल्ला अधिकारीबाट सरुवा गर्न नमिल्ने सरुवा नियमावलीमा ब्यवस्था भएपनि मन्त्रालयले १५–१६ महिना मात्र अवधि पूरा गरेका अर्घाखाँची र मनाङको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको संक्षिप्त आदेश (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण