बेल्जियममा बलात्कार नेपालमा उजुरी !
काठमाडौं– ‘म बलात्कृत भएँ, जाहेर लिनुस्’ भन्दै केही दिनअघि एक युवती महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगिन् । मुद्धा शाखाका अनुसन्धान अधिकृतले उनलाई सोधे, ‘घट्नास्थल कहाँ हो ?’
ती युवतीले उत्तर दिइन्, ‘बेल्जियम !’
बेल्जियममा बलात्कार भएको जाहेरी दर्ता गरेर काठमाडौं प्रहरीले केही दिनयता नयाँ कानुनको अभ्यास गरिरहेको छ ।
‘नयाँ कानुनमा विदेशमा भएको बलात्कारको घट्ना समेत नेपालमा दर्ता गरेर अनुसन्धान गर्न सकिने व्यवस्था छ’ काठमाडौं प्रहरी प्रमुख (एसएसपी) वसन्त लामाले भने, ‘पीडित युवतीको जाहेरीका आधारमा हामीले बलात्कारमा संलग्न युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’
यसरी, जर्मनमा युवती बलात्कार गरेको अभियोगमा मकवानपुर स्थायी घर भएर करिब ७ बर्षदेखी जर्मन बस्दै आएका सुन्दर विक पक्राउ परेका छन् ।
अभियुक्त विकलाई मंसिर १२ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर जबर्जस्ती करणी मुद्वामा अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) लामाले रातोपाटीलाई जानकारी दिए ।
करिब पाँच बर्षदेखि जर्मन बसेकी युवती र सुन्दरको चिनजान जर्मनमै भएको थियो । प्रहरीसँग सुन्दरले आफुहरु जर्मनमा ‘लिभिङ टुगेदर रिलेसन’ मा बसेको दाबी गरेका छन् ।
मुलुकी अपराध संहिता–२०७४ ले बलात्कार, अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर, ज्यान लिने तथा अंगभंग सम्बन्धी कसुर विदेशमा गरेपनि नेपालमा जाहेरी दिन सकिने र प्रहरीले अनुसन्धान गर्नसक्ने व्यवस्था गरेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २ मा व्यवस्था भएको उक्त कानुन अनुसार बेल्जियममा भएको भनिएको बलात्कार घट्नाबारे नेपालमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको संक्षिप्त आदेश (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण