बलिउडका यी जोडी, जो विवाह पहिले रहे ‘लिभिङ टुगेदर’मा
मुम्बई –बलिउड स्टारको जीवन हमेशा चर्चामा रहने गर्दछ । को कहाँ डेट गर्दैछन् ? कसले कसलाई डेट गर्दैछ ? आदी÷इत्यादी समाचारको बिषय बन्ने गरेको छ । आज चर्चा बलिउडमा ति स्टारको गर्न खोजिएको छ । जो विवाह पहिले लिभिङ रिलेसनमा समेत रहेका थिए ।
अनुष्का शर्मा र विराट कोहली
अनुष्का र विराट गतबर्ष विवाह बन्धनमा बाँधिए । यी दुवैको प्रेम चर्चा निकै भयो । इटालीमा गुपचुप विवाह गरेका यो जोडी विवाह अगाडि लिभिङ टुगेदरमा केही बर्ष रहेका थिए ।

सैफ अली र करीना कपुर
करिना कपुर खान र सैफ अली खानले २०१२ मा विवाह गरे । फिल्म ‘टशन’को सुटिङको दौरानमा यी दुवै एकअर्काको नजिक भए । सम्बन्ध अगाडि बढ्दै जाँदा उनीहरु बिच प्रेम बस्यो । विवाह अगाडि यी दुवै रिलेसनसिपमा समेत रहेका थिए ।

कुणाल खेमु र सोहा अली खान
अभिनेत्री सोहाको पनि कुणालसँग रिलेसनसिपपछि विवाह भएको थियो । विवाह पछि दुवै एकदमै खुसी छन् । दुवैको एक छोरा छन् ।

आमिर खान र किरण राव
विवाह अगाडि रिलेसनसिपमा रहेका कलाकार जोडीमा आमिर र किरणको नाम पनि आउँछ । किरण अनिलकी दोस्रो पत्नी हुन् । आमिर र किरण केही बर्ष रिलेसनसिपपछि विवाहमा बाँधिएका हुन् ।

ट्युलिप जोशी र कप्तान विनोद
अभिनेत्री ट्युलिप जोशीले पनि कप्तान विनोदसँग विवाह लिभिङ टुगेदरपछि गरेकी हुन् । यी दुवै लामो समय लिभिङ टुगेदरमा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण