टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
सारांश
- नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई दुई वर्ष कैद सजाय सुनाएको छ।
- न्यायाधीश तेजबहादुर खड्काको इजलासले रिजाललाई सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको हो।
- अदालतले एकीकृत सजायको सिद्धान्तअनुसार रिजाललाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बहुचर्चित प्रकरणमा काठमाडौँ जिल्ला अदालतले सक्कली भुटानी शरणार्थी तथा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई दुई वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै रिजाललाई सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको हो।
अदालतले विभिन्न कसुरमा छुट्टाछुट्टै कैद र जरिवाना तोके पनि एकीकृत सजायको सिद्धान्तअनुसार उनलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।
फैसलाअनुसार सरकारी लिखत किर्ते कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, ठगी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुर (दफा ५१ को उपदफा ४ बमोजिम) मा छ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ।
अदालतले यी सजायलाई एकीकृत गर्दै रिजालले कुल दुई वर्ष कैद भुक्तान गर्नुपर्ने र २० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला सुनाएको हो।
सक्कली भुटानी शरणार्थीका रूपमा परिचित रिजाल नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने गिरोहसँगको संलग्नताका आरोपमा पक्राउ परेका थिए।
यसै प्रकरणमा अदालतले मंगलबार १६ जना दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण