वेभसर्फरका तीन दाजुभाई मिलेर ३२ करोड ठगी, सुरेन्द्र परे प्रहरी फन्दामा
काठमाडौं–इन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फरका सञ्चालक मध्येका शुरेन्द्र क्षेत्री पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले क्षत्रीलाई तिनकुनेबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए ।
‘वेभ सर्भर कम्युनिकेशन प्रा.लि. नेपाल’का सञ्चालक क्षत्रीसहितका उनका तीन दाजुभाई मिलेर बेलायती नागरिक दिनेश भन्ने केपी भिमल नाथनबाट ३२ करोड ठगी गरेको अभियोग लागेको छ ।
तीन महिनाअघि काठमाडौं प्रहरीले बोलाएपछि बेलायती नाथनलाई पैसा फिर्ता गर्ने सहमति गरेपछि त्यतिबेला प्रहरीले क्षत्री दाजुभाईलाई छाडेको थियो ।
शुरेन्द्र, सुमन र अर्का एकजना मिलेर वेभ सर्फरको शेयर दिने नाममा नक्कली शेयर प्रमाणपत्र दिएर उनीहरुले बेलायती नागरीकबाट करोडौं ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बेलायती नागरीकलाई शेयर सदस्य दर्ता, कहिले शेयर छुट्याएको नाममा त कहिले विदेशी लगानी भित्र्याउन नेपाल सरकारबाट अनुमति लिनका लागि लाग्ने खर्चका नाममा क्षत्री दाजुभाईले ठगी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण