सारा अली खानको नेपाली भाषामा नेपालीलाई विशेष मेसेज (भिडियोसहित)
सेफ अली खानकी छोरी सारा अली खानले फिल्म केदारनाथमार्फत बलिउडमा पाइला टेकेकी छिन् ।
उनको डेब्यू फिल्म केदारनाथले नेपालबाट अत्यधिक माया पाएको भन्दै साराले फेसबुकमार्फत धन्यवाद दिएकी छिन् ।
भिडियोको सुरुमा उनले हेलो, नमस्ते, कस्तो हुनुहुन्छ नेपाल भन्दै नेपाली भाषा बोलेकी छिन् ।
उनले भनेकी छिन्, ‘मेरो डेब्यू फिल्म केदारनाथका लागि नेपालबाट अत्यधिक माया, सद्भव र उत्प्रेरणा पाएकोमा निकै खुसी छौं । सोसल मिडियामा पाइरहेको तपाईंहरुको मायाका लागि हामी निकै आभारी छौं । देवी देवताको देश नेपालका ती तमाम सुन्दर महिला र प्यारा बहादुर पुरुषलाई धन्यवाद भन्न चाहन्छु । तपाईंहरु सबैमा मेरो प्रेम ।’
उनको उक्त भिडियोमा थुप्रैले राम्रा कमेन्ट गरेका छन् ।
समिता थापाले लेखेकी छिन्, ‘सारा तिमीले जसरी आफूलाई प्रस्तुत गर्छौ र अरुलाई आदर गर्छौ, त्यो तिम्रो ‘ब्यूटी विथ ब्रेन’ को झलक हो । नेपालबाट माया ।’
उधिर सुवेदीले भने ठट्टा गर्दै लेखेका छन्, ‘पर्यायवाची शब्दहरु सिक्नका लागि राम्रो भिडियो ।’
प्रमिलाले लेखेकी छिन्, ‘तिमी अब अर्को सुपरस्टार हौ । नेपालबाट माया र सफलताको शुभकामना ।’
कतिले उनले नेपाली भाषा बोलेको भन्दै तारिफसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण