दीपिकाले बताइन् रिसेप्सनमा किन आएनन् पूर्व प्रेमी रणबीर कपुर
दीपिका पादुकोणले इटलीमा विवाहपछि डिसेम्बर १ तारिखमा बलिउडका साथीहरुका लागि मुम्बईमा रिसेप्सन दिएकी थिइन् । यसमा थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो तर दीपिकाका पूर्व प्रेमी रणबीर कपुर भने देखिएनन् । ब्रेकअपपछि पनि दुई राम्रा साथी हुन् । त्यसकारण रणबीर रिसेप्सनमा किन उपस्थित भएनन् भन्ने कुरा सबैको प्रश्न थियो ।
हालै, फेमोस्ली फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा दीपिकाले रिसेप्सनमा रणबीर नआउनुको कारणबारे जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो अहिलेसम्म कुरा भएको छैन । मेरो मतलब रिसेप्सनअघि हामीबीच कुरा भएको थियो तर पार्टीपछि कुरा हुन सकेको छैन । तर उनी रणबीर हुन् । त्यसकारण उनी पार्टीमा नआएका कारण चकित छैन ।’
दीपिका भन्छिन्, ‘हामीबीच यस्तै सम्बन्ध छ र यो सम्बन्धको यही नै राम्रो पक्ष हो जहाँ केही नभनिकनै धेरै कुरा थाहा पाइन्छ ।’
दीपिका रणवीरको रिसेप्सनमा रणबीर कपुरबाहेक आलिया भट्ट पनि उपस्थित थिइनन् । स्रोतका अनुसार दुबै पार्टी भएको दिन फिल्म ब्रम्हास्त्रको सुटिङ गरिरहेका थिए । आजकाल रणबीर कपुर, आलिया भट्ट डेट गरिरहेका छन् । यसबारे आलियाका बुवा महेश भट्टले पुष्टि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण