शाहरुखको जिरोलाई कडा टक्कर दिन आइरहेको छ यशको केजीएफ !
शुक्रबार ठूलो पर्दामा दुई ठूला बजेटको फिल्म रिलिज हुँदैछन् । एकतर्फ शाहरुख, अनुष्का र कट्रिनाको जिरो रिलिज भएको छ भने अर्कोतर्फ साउथका सुपरस्टार मानिने यशको केजीएफ अर्थात् कोलार गोल्ड फिल्ड्स पनि ठूलो पर्दामा आएको छ । जिरोका स्टारकास्टले फिल्मलाई हिट बनाउन अत्यधिक मेहनत गरेको कुरामा शंका छैन तर साउथको केजीएफले शाहरुखको फिल्म जिरोलाई ठूलो चुनौती दिनसक्छ । बुकमाईशो डट कममा यी दुई फिल्मले पाएको लाइकको आधारमा भारतीय मिडियाले यस्तो दाबी गरिरहेको छ ।
शाहरुख, कट्रिना र अनुष्का शर्माको फिल्म जिरोले दुई लाख ५२ हजार पाँच सय १८ लाइक पाएको छ भने केजीएफले तीन लाख एक हजार सात सय ५३ लाइक पाइसकेको छ ।
एकै पटक पाँच भाषामा रिलिज भइरहेको छ केजीएफः
कन्नड फिल्म केजीएफ एकै साथ पाँचवटा भाषामा रिलिज भएको छ । कन्नडका साथै फिल्म तेलुगु, मलयालम र हिन्दीमा रिलिज हुनेछ ।
बाहुबलीजस्तै फिल्मको दुई संस्करण हुनेछः
बाहुबली र बाहुबली टु फिल्म जसरी भिन्न भिन्न रिलिज भएको थियो । त्यसरी नै केजीएफ पनि दुई भागमा रिलिज हुनेछन् । २१ डिसेम्बरमा केजीएफ च्याप्टर वान रिलिज भएको हो । यश, श्रीनिधी शेट्टी, राम्या कृष्ण, अनन्त नाग, जोन कोककेन, अच्युथ, रावजस्ता कलाकार छन् भने यो फिल्मका निर्देशक प्रशान्त नील हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करार कर्मचारी हटाउने तयारीविरुद्ध अर्थ मन्त्रालयको गेटमा धर्ना, तस्बिरहरु
-
४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
पार्टी समायोजन तथा सरकारको समीक्षा गर्न जसपा नेपालले बोलायो बैठक
-
सांसद र सभामुखको बिचबाट प्रधानमन्त्री हिँडेपछि...
-
महिनावारीमैत्री विद्यालय निर्माण गर्न सरकारसँग लिमा अधिकारीको माग
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण