सोनाली बेन्द्रे, इरफान खानदेखि अजय देवगन, कपिल शर्मासम्मः यी सेलिब्रिटीलाई लाग्यो गम्भीर रोग
बलिउडले यसवर्ष श्रीदेवीदेखि रीता भादुडीजस्ता चर्चित कलाकारलाई गुमाएको छ भने सोनाली बेन्द्रे, इरफान खानदेखि अजय देवगन, कपिल शर्मासम्मका कलाकार गम्भीर रोगले ग्रस्त भए । बी–टाउनका यी कलाकारमध्ये थुप्रैले आफ्नो रोगबारे खुलेर कुरा गरे भने केहीको रोगबारे मिडिया रिपोर्टबारे थाहा भयो । आज हामी तपाईंलाई बलिउडका यस्ता केही स्टारबारे जानकारी दिन चाहन्छौं जसले यस वर्ष गम्भीर रोगको सामना गरे ।
सोनाली बेन्द्रे (हार्डग्रेड मेटास्टेटिक क्यान्सर)
बलिउड नायिका सोनाली बेन्द्रेले यस वर्ष हाइग्रेड मेटास्टेटिक क्यान्सरको सामना गर्नुपर्यो । यसबारे सोनाली आफैंले इन्स्टाग्राम अकाउन्टमा जानकारी दिएकी थिइन् । उनले लेखेकी थिइन्, ‘लगातारको दुःखाई पछि मैले उपचार गराएँ । रिपोर्ट चकित गरिदिने खालको थियो । मलाई हाइग्रेड मेटास्टेटिक क्यान्सर छ ।’
सोनाली बेन्द्रे न्यूयोर्कमा आफ्नो उपचार गराएर हालै भारत फर्किएकी छिन् ।
अजय देवगत (टेनिस एल्बो)
बलिउडका सिंघम अर्थात् अजय देवगनले यस वर्ष टेनिस एल्बो रोगको सामना गर्नुपर्यो । टेनिस एल्बो एउटा यस्तो रोग हो जसका कारण मानिसको कुहिनोमा अत्यधिक दबाब पर्छ र बिरामीले चियाको एउटा कप पनि उठाउन सक्दैनन् । अजयले फिल्म ‘टोटल धमाल’ को सेटमा यसका कारण ठूलै समस्याको सामना गर्नुपर्यो ।
इरफान खान (न्यूरो एन्डोक्राइन ट्युमर)
यसै वर्ष इरफान खानलाई पनि न्यूरो एन्डोक्राइन ट्युमर भयो । यसबारे इरफान खानले सोसल मिडियामा जानकारी दिएका थिए । इरफान हालै लण्डनमा उपचार गराइरहेका छन् । यो रोगलाई क्यान्सरको सुरुवाती पनि मानिन्छ । तर यदि समयमै उपचार भए यो रोग निर्मुल पार्न सकिने डाक्टर बताउँछन् ।
कपिल शर्मा (डिप्रेशन)
भारतका चर्चित हास्यकलाकार कपिल शर्मालाई पनि यसै वर्ष डिप्रेशन भयो । यसबारे कपिलका साथी कलाकार अली असगरले पनि एक टेलिभिजन अन्तर्वार्तामा बताएका थिए । कपिल यसको उपचार गराउनका लागि बेंगलुरुको एक आश्रम पनि गएका थिए । यद्यपी, कपिलले केही हप्ता अघि मात्रै आफ्नी प्रेमिका गिन्नीसँग जालन्धरमा विवाह गरेका छन् । उनले कपिल शर्मा शो पनि चाँडै नै अनएयर हुँदैछ ।
दिलिप कुमार (निमोनिया)
बलिउडका दिग्गज अभिनेता दिलिप कुमार पनि यसवर्ष निमोनिया उपचारका लागि अस्पताल भर्ना हुनु पर्यो । उनी बारम्बार निमोनियाबाट ग्रसित रहे । अस्पतालमा भर्ना भएको खबर पहिलो पटक दिलिप कुमार र सायरा बानोका पारिवारिक साथी फैजल फारुकीले दिलिप कुमारको ह्यान्डलबाट ट्वीट गरेका थिए ।
नफिसा अली (क्यान्सर)
आफ्नो अभिनयले लाखौंको मनमा राज हुन सफल नफिसा अलीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफूलाई क्यान्सर भएको बारे जानकारी दिएकी थिइन् । उनलाई तेस्रो श्रेणीको क्यान्सर छ । नफिसाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर पनि सेयर गरेकी थिइन् जसमा उनी सोनिया गान्धीसँग थिइन् । उनले तस्बिरको क्याप्सनमा लेखेकी थिइन्, ‘निकै मिल्ने साथीसँग भेटेँ उनले मलाई क्यान्सरको तेस्रो स्टेजसँग लड्ने शुभकामना दिइन् ।’
ताहिरा कश्यप (स्तन क्यान्सर)
आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपलाई पनि स्तन क्यान्सर छ । ताहिरा आफैंले यसबारे सोसल मिडियामा जानकारी दिएकी थिइन् । ताहिराले आफूलाई स्तन क्यान्सरको स्टेज जिरोमा नै यसबारे पत्ता लागेको जानकारी दिएकी थिइन् । उनले यसको उपचार पनि गराएकी थिइन् तर पछि पुनः क्यान्सरले अट्याक गर्यो ।
यसपटक उनको क्यान्सर ज्ञकत ब् स्टेजमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण