८१ वर्षका कादर खान भेन्टिलेटरमा, दिमागले काम गर्न बन्द गर्यो
बलिउडका अभिनेता एवं हास्यकलाकार अस्पतालमा भर्ना छन् । उनको अवस्था नाजुक छ । उनलाई BiPAP भेन्टिलेटरमा राखिएको छ । साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित भएको छ । इन्टरटेनमेन्ट वेबसाइट स्पटब्वईको खबर अनुसार यो जानकारी कादर खानका छोरा सरफराज खानले दिएका हुन् ।
लामो समयदेखि क्यानडामा छन् कादरः
कादर खान पछिल्लो थुप्रै वर्षदेखि क्यानडामा आफ्ना छोरा–बुहारी सरफराज र शाइस्तासँग बसिरहेका छन् । सरफराजका अनुसार डाक्टरको एक समूहले कादर खानको स्वास्थ्यमा लगातार हेरबिचार गरिरहेका थिए तर उनलाई एक्कासी सास फेर्न समस्या भएका कारण बाइपेप भेन्टिलेटरमा राखिएको छ ।
के हो पिएसपीः
प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी (पिएसपी) एक असामान्य मस्तिष्क विकार हो जसले शरिरको गति, हिँड्नका लागि हुनुपर्ने सन्तुलन, निल्ने, हेर्ने, मनोदशा र व्यवहारका साथै सोचलाई प्रभावित गर्छ । मस्तिष्कका तन्तु नष्ट भएका कारण यस्तो हुन्छ ।
यस्तो छ कादर खानको स्थितीः
खबरका अनुसार कादर खान कहिले होसमा आउँछन्, कहिले यताउती हेर्छन् । उनले कुराकानी गर्न बन्द गरेका छन् । उनमा निमोनियाको लक्षण पनि देखिएको छ । उनको स्थिती नाजुक छ ।
कादरका छोराले उनको सन् २०१७ मा घुँडाको शल्यक्रिया गराएको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण