शाहरुखले सलमानको जन्मदिन मनाएः फ्यानलाई बताए– महिलाको थप्पडपछि कसरी स्टार बने
शाहरुख खानले बिहिबार परेको सलमान खानको जन्मदिन लाखौं प्रशंसकसामू मनाएका छन् ।
एक भारतीय मिडियाद्वारा आयोजित सेलिब्रिटी टक शोमा पुगेका शाहरुखले सबै प्रशंसकलाई आफूसँगै सलमानको जन्मदिन मनाउन आग्रह गरेका छन् । उनले भने, ‘आज मेरा साथी सलमान खानको जन्मदिन हो । यसकारण तपाईंहरु सबैलाई मसँगै सलमानको जन्मदिन मनाउन आग्रह गर्छु ।’
त्यसपछि उनले ह्पाप्पी बर्थ डे गीत पनि गाए । टक शोको क्रममा अभिनेता रवि किशनले शाहरुखलाई करियर र उनको जीवनसम्बन्धि विभिन्न प्रश्न सोधे । शाहरुखले आफू कहिले चर्चित हुनपुगे त्यसबारे पत्तै नभएको बताए ।
उनले मुम्बई छिरेको पहिलो दिन नै महिलाको हातबाट थप्पड खाएको तर त्यो उनले त्यसलाई शुभ बताएका छन् । आखिरले उनीमाथि किन थप्पड हानियो, यसबारे शाहरुखले बिस्तृतमा बताएका छन्ः
म गौरीलाई भेट्न ट्रेनबाट मुम्बई आइरहेको थियो । मसँग तीनजना साथी पनि थिए । हामीले हाम्रो सिट बुक गराएका थियौं । म आफ्नो सिटमा निदाएछु । मलाई थाहा थिएन कि मुम्बई छिर्नेबित्तिकै ट्रेन लोकल हुन्छ र सिटमा कोही पनि सुत्न पाउँदैन । मेरो सिटमा अन्य दुई व्यक्ति पनि बसिरहेका थिए । हामीले ९ सय रुपैयाँको टिकट किनेका थियौं । हाम्रो सबै पैसा सिद्धिएको थियो । दुई–चार जना आएर भने, ‘ल उठ, हामी पनि बस्छौं ।’ हामी दिल्लीमा बस्नेहरु पटनाका जस्तै हुन्छौं । यदि कसैले गलत कुरा गरिरहेको छ भने झगडा खेल्न तयार भइहाल्ने । यसैबीच एकजनाले मलाई भने, ‘ओहो, यहाँ कसरी सुतिरहेको छौ ?’ त्यसपछि मैले सिटमा टाङ फट्याएँ र भने, ‘ल, यसरी सुतिरहेको छु । गर्, जे गर्नुछ ।’ उनले भने, ‘उठ्’ । मैले भने, ‘उठा’ । हामी तीनजना थियौं । उनीहरु त्यहाँबाट हटे ।’
‘त्यसपछि पनि दुईचारजना आइरहे । उनीहरुलाई लाग्यो कि हामी बोल्न सक्दैनौं, त्यसकारण बस्न दिए । त्यसपछि एक महिला आइन् । म त्यतिबेला पनि सिटमा सुतिरहेको थिएँ । उनले भनिन्, ‘हट । खुट्टा हटाउ । बस्न देउ । यो सुत्ने ठाउँ होइन, बस्ने ठाउँ हो ।’ उनी महिला थिइन् त्यसकारण मैले खुट्टा मोडेर उनलाई बस्ने ठाउँ दिएँ । त्यसपछि अर्को कोही आए । उनी मतिर सरिन् र उनलाई पनि सिटमा बसाइन् । उनले भनिन्, ‘बस, बस, सबैजना बस । ’ त्यसपछि उनले मलाई भनिन्, ‘ल, तिमी उभिउ त यहाँ अर्की एक महिला बस्नेछिन् । ’ मैले उक्त सिटका लागि ९ सय रुपैयाँ तिरेको बताएँ । मैले भने, ‘यहाँ बस्नु मेरो अधिकार हो ।’ त्यो मेरो मुम्बईमा पहिलो दिन थियो । ती महिला उभिइन् र मलाई थप्पड हान्दै भनिन्, ‘तेरो अधिकार ?’ मैले भने, ‘होइन, होइन, मेरो केही पनि होइन । तपाईंकै हो । ’
सबै मानिसहरुले कुनै न कुनै कुरालाई शुभ मान्छन् । कुनै न कुनै संकेत खोज्छन् । मेरो लागि मुम्बईमा सफल हुनु सबैभन्दा ठूलो संकेत यो भयो कि पहिलो दिन नै थप्पड खानुपर्यो । त्यसपछि मैले निश्चित गरेँ कि जीवनले मलाई जतिपटक थप्पड हानेपछि म सफल भएरै छाड्नेछु । म मेहनत गरिरहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण