यदि सन् २०१८ का यी फिल्म हेर्नुभएको छैन भने ‘बधाई छ’
सन् २०१८ मा रिलिज भएका फिल्मको सूची ती फिल्म बिना अधुरा हुन्छन् जुन हेरेर धेरैलाई पछुतो लागेको छ । यहाँ यस्ता ती फिल्मबारे जानकारी दिइएको छ जुन रिलिज अघि त अत्यधिक चर्चामा रहे तर पछि भने नकारात्मक प्रतिक्रिया पाए । मनोज बाजपेयी र सिद्धार्थ मल्होत्राको फिल्म ‘अय्यारी’ पनि यस्तै फिल्म थियो ।
एक रअ एजेन्टको वरिपरि घुम्ने यो फिल्ममा आफ्नो पूर्व संगठनसँग रिसाएको एउटा रअ एजेन्टले उक्त संस्थालाई पाठ सिकाउन कस्तोसम्म गर्न सक्छ भनेर देखाउन खोजिएको छ । तर फिल्म सुरु भएको केही समयमा नै यस्तो लाग्न थाल्छ कि यी एजेन्टले सबै कुरा बिर्सेर आफूलाई यो ग्रहको सबैभन्दा शक्तिशाली व्यक्ति हुँ भन्ने ठान्न थाल्छ । यो फिल्म हेरेपछि दर्शकले बुझ्न सक्दैनन् कि एक सय ६० मिनेटरसम्म फैलिएको फोहोरलाई कसरी नियन्त्रण गर्न सकिन्छ ।
वेलकम टु न्यूयोर्कः
दिलजीत दोझांझ, सोनाक्षी सिन्हा, करण जोहरको यो फिल्ममा दुई प्रतियोगिताका विजेता एक फ्लाइटमा भेट्छन् र दर्शकसँग उनीहरुको दुर्दशा परिवर्तन गर्ने निर्णय गर्छन् । दर्शकलाई हँसाउनका लागि फिल्मका निर्देशकका चुट्किला पर्याप्त नलागेपछि उनले फिल्ममा केही वास्तविक अवार्ड शोका फुटेज बीचमा हाल्छन् । यसबाहेक दर्शकले फिल्ममा क्यामियो गर्ने कलाकारले आखिर के गरिरहेका छन् भन्ने बुझ्न सकेनन् ।
साहेब बीबी और ग्यांगस्टर थ्रीः
यो एउटा यस्तो फिल्म थियो जसले कुनै पनि स्टारको करियर समाप्त गर्नसक्छ । फिल्ममा दुई प्रकारका पात्र देखिए, एकजनाले हरेक दृश्यमा रक्सी पिइरहेको देखिए भने अर्कोले सधैंभरी ट्रिगर चलाइरहेको देखिए । यस्तो लाग्यो कि सिनेमा हलमा दर्शक कि त समय बर्बाद गर्न आएका थिए वा त संजय दत्तको स्लो मोशन वक हेर्न । पान सिंह तोमर बनाइसकेका तिग्मांशुले यस्तो फिल्म बनाउलान् भन्ने कसैले आशा गरेका थिएनन् ।
रेस थ्रीः
सलमान खानको यो फिल्म अत्यधिक गह्रुङ्गा सम्वाद र मिम्सजस्ता देखिने एक्सन सीनले भरिपूर्ण थिए । यो फिल्ममा ती सबैकुरा थिए जसले दर्शकलाई सिनेमा हलमा सुत्न बाध्य बनाउँथ्यो । यो फिल्म साइकोटिक हतियारधारी बदमासदेखि हतियारको डिल गर्नेहरुको वरिपरि घुम्छ । फिल्मको गम्भीर संवाद पनि मानिसहरुलाई निकै ठट्टा जस्तो लागे ।
तुम से जलेबीः
यो फिल्म कहिले पनि समाप्त नहुने रेलको यात्रा जस्तो लाग्यो । फिल्म हेरेपछि सायद तपाईंलाई पनि याद भएन होला कि तपाईंले १५ मिनेट अघि के हेर्नुभयो ।
नमस्ते इंगल्याण्डः
एउटा राम्रो फ्रेन्चाइजीलाई बर्बाद गर्ने योभन्दा राम्रो तरिका अर्को कुनै हुन सक्दैन । यो फिल्मको कहानी यसको पहिलो पार्ट ‘नमस्ते लण्डन’ जस्तै थियो तर निर्देशनको हिसाबले यो फिल्म ‘नमस्ते लण्डन’ भन्दा १० गुणा नराम्रो थियो ।
जिरोः
केही वर्ष अघिसम्म कसले सोचेका होलान् कि शाहरुख खानको फिल्म पनि यो सूचीमा समावेश हुनेछ । मेरठदेखि मंगलग्रहसम्मको कहिले पनि समाप्त नहुने यात्रामा शाहरुखले आफ्ना प्रशंसकको उत्साह गुमाएको देखिए । फिल्मलाई आनन्द एल रायले बनाएका थिए त्यसकारण आशा अत्यधिक थियो तर यसले सबैलाई निराश बनायो ।
हेट स्टोरी ४ः
करण वाही र उर्वशी रौतेलाको यो फिल्म केही सस्तो रोमान्स र स्किन शोभन्दा बढी केही थिएन । फिल्ममा बोल्ड सीन र डायलग पनि अत्यधिक थियो । हेट स्टोरी एउटा यस्तो फ्रेन्चाइजी हो जसको स्तर खस्कँदो छ र सायद अब यसलाई बनाइँदैन होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करार कर्मचारी हटाउने तयारीविरुद्ध अर्थ मन्त्रालयको गेटमा धर्ना, तस्बिरहरु
-
४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
पार्टी समायोजन तथा सरकारको समीक्षा गर्न जसपा नेपालले बोलायो बैठक
-
सांसद र सभामुखको बिचबाट प्रधानमन्त्री हिँडेपछि...
-
महिनावारीमैत्री विद्यालय निर्माण गर्न सरकारसँग लिमा अधिकारीको माग
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण