पहिलो दिन सिम्बाले कमायो २० करोड, रणवीरका हिट फिल्ममध्ये सबैभन्दा धेरै कमायो
रोहित शेट्टी र रणवीर सिंहको फिल्म सिम्बा सन् २०१८ मा रिलिज भएको अन्तिम फिल्म हो । फिल्मले पहिलो दिन भारु २०.७२ करोडको व्यापार गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले सिम्बाको पहिलो दिनको व्यापार सेयर गरेका छन् जसमा फिल्मको व्यापारबारे जानकारी दिइएको छ ।
पछिल्ला फिल्ममध्ये सबैभन्दा धेरै कलेक्सनः
रणवीरको फिल्म सिम्बाले उनका पछिल्ला हिट फिल्ममध्ये पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने पहिलो फिल्म बनेको छ । सन् २०१८ मा आएको पद्मावतले पहिलो दिन भारु १९ करोड कमाएको थियो । बाजिराव मस्तानीले पहिलो दिन १२.८० करोड, गुन्डेको फर्स्ट डे कलेक्सन १६.१२ करोड, गोलीयोंकी रासलीलाको पहिलो दिनको कलेक्सन १६ करोड थियो ।
Ranveer Singh - Opening Day biz...
— taran adarsh (@taran_adarsh) December 29, 2018
1. #Simmba ₹ 20.72 cr
2. #Padmaavat ₹ 19 cr [Thu]
3. #Gunday ₹ 16.12 cr
4. #GoliyonKiRaasleelaRamLeela ₹ 16 cr
5. #BajiraoMastani ₹ 12.80 cr
India biz.
#Simmba takes an impressive start Overseas... Collects $ 1.884 mn [₹ 13.14 cr]… Key markets:
— taran adarsh (@taran_adarsh) December 29, 2018
USA-Canada: $ 488k
UAE-GCC: Thu $ 372k, Fri $ 520k
UK: $ 87k
Australia + Fiji: $ 144k
RoW: $ 273k
विदेशमा पनि कमालः
सिम्बाले भारतीय बक्स अफिसबाहेक विदेशमा पनि राम्रो कमाई गरेको छ । फिल्मले विदेशका मुख्य शहरमा भारु १३.१४ करोड कमायो ।
ट्रेड एनालिस्ट रमेश बालाका अनुसार सिम्बाको पहिलो दिनको कूल कमाई ४० करोडसम्म पुग्यो । नेट कलेक्सन २०.७२ करोड, ग्रस २६.५१ करोड रह्यो । यदि विदेशको कमाई १३.१४ करोड मिसाउने हो भने यो आँकडा करिब भारु ३९.६५ करोडसम्म पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण