मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

दीपिका कक्कड बनिन् बिग बस १२ की बिजेता

सोमबार, १६ पुस २०७५, ०७ : ३५
सोमबार, १६ पुस २०७५

आइतबार राती बिग बस १२ की बिजेताको नाम घोषणा गरियो । टेलिभिजन अभिनेत्री दीपिका कक्कड रियालिटी शो बिग बस १२ की बिजेता बनिन् ।

उनले फिनालेमा भारतीय क्रिकेट टीमका पूर्व सदस्य श्रीसन्तलाई हराएकी हुन् । पुरस्कारको रुपमा उनलाई ३० लाख भारु र ट्रफी दिइयो ।

तेस्रो नम्बरमा रहेका दीपक ठाकुरले २० लाख भारु लिएर कार्यक्रमबाट बाहिरिए ।

कलर्स टेलिभिजनबाट प्रसारण हुने सिरियल ‘ससुराल सिमरका’ बाट लोकप्रिय भएकी दीपिका कक्कडको जीतले एक पटक पुनः प्रमाणित गरेको छ कि बिग बसको हट सिटमा ‘टेलिभिजनका बुहारी’ को दाबेदारी भारी पर्छ ।

दीपिका अघि शिल्पा सिन्दे, उर्वशी ढोलकिया, जुही परमार र श्वेता तिवारीले बिग बसको ट्रफी जित्न सफल भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप