अक्षय कुमारसँग विवाहअघि दुईपटक भएको थियो ट्विंकलको इन्गेजमेन्ट
बलिउडका दुई सुपरस्टार राजेश खन्ना–डिम्पल कपाडियाकी छोरी एवं अक्षय कुमारकी श्रीमती ट्विंकल खन्नाको डिसेम्बर २९ तारिखमा जन्मदिन हो । ट्विंकल खन्ना नायिका हुनुका साथै लेखिका र स्तम्भकार हुन् । उनको जन्मदिनको मौकामा उनीसँग सम्बन्धित केही रोचक कुराबारे जानकारी लिऔं ।
१. एकैदिन हो राजेश खन्ना र ट्विंकलको जन्मदिनः
ट्विंकल खन्ना आफ्ना बुवा राजेश खन्नासँग निकै नजिक थिइन् । रोचक कुरा के छ भने उनको पिताको जन्मदिन पनि डिसेम्बर २९ तारिखमै पर्छ । ट्विंकलले सोसल मिडियामा एउटा पोस्ट पनि गरिन् जसमा लेखिएको थियो, ‘बुवाको जन्मदिनमा ट्रकभरी फूल र फ्यान आउँथे, मलाई लाग्थ्यो कि यो सब मेरो जन्मदिनका लागि भइरहेको छ । ’
२. आँखाको शल्यक्रिया गराइसकिन्ः
निकै कमलाई थाहा होला कि ट्विंकल खन्नाको आँखा लाई क्रस आई (डेढो) थियो । सन् १९९५ मा रिलिज भएका केही फिल्ममा उनको आँखामा यस्तो समस्या स्पष्ट देखिन्थ्यो तर केही फिल्म सफल भएपछि उनले यसको उपचार शल्यक्रियामार्फत गराइन् ।
३. कुछ कुछ होता हे अस्विकारः
करण जोहर ट्विंकल खन्नाका निकै राम्रा साथी हुन् । फिल्म कुछ कुछ होता हे मा टिनाको भूमिका सुरुमा ट्विंकल खन्नालाई अफर गरिएको थियो । करणले यो भूमिका ट्विंकललाई नै दिमागमा राखेर लेखेका थिए तर उनले अस्विकार गरेपछि यो रोल रानी मुखर्जीलाई दिइयो ।
४. डिम्पलले अक्षयलाई समलिङ्गी ठान्थिन्ः
एक च्याट शोमा ट्विंकलले बताए अनुसार जब अक्षय उनकी आमा डिम्पलसँग ट्विंकलको हात माग्न गएका थिए तब उनी सोचमग्न भएकी थिइन् किनभने ट्विंकलका कुनै साथीले बताएका थिए कि अक्षय कुमार समलिङ्गी हुन् ।
५. दुई पटक भएको थियो इन्गेजमेन्टः
ट्विंकल खन्नाले सन् २००१ मा अक्षय कुमारसँग विवाह गरेकी थिइन् । तर के तपाईंलाई थाहा छ, ट्विंकलको विवाहअघि दुईपटक इन्गेजमेन्ट भएको थियो ? रिपोर्टलाई मान्ने हो भने ट्विंकलले आफ्नो जीवनमा दुई पटक इन्गेजमेन्ट गरिन् तर एकै व्यक्तिसँग र ती हुन् अक्षय कुमार । आखिर किन ?
पहिलो पटक अक्षयसँग इन्गेजमेन्ट भएपछि दुबैको ब्रेकअप भएको थियो जसका कारण इन्गेजमेन्ट टुटेको थियो । दुबैको पुनः कुरा मिलेपछि विवाह अघि दुबैले एकपटक इन्गेजमेन्ट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधारमन्त्री भन्छन्– काठमाडौँमा सरकारी लगानीमा मेट्रो रेल बन्दैन
-
मलाई निरन्तर गोली हान्ने र ज्यान मार्ने धम्की आइरहेको छ: प्रमुख सचेतक महर
-
तारकेश्वरको रिसोर्टमा प्रहरीको छापा, २४ जना जुवाडे पक्राउ
-
करार कर्मचारी हटाउने तयारीविरुद्ध अर्थ मन्त्रालयको गेटमा धर्ना, तस्बिरहरु
-
४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
पार्टी समायोजन तथा सरकारको समीक्षा गर्न जसपा नेपालले बोलायो बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण