यी बलिउड सेलिब्रिटीलाई जब सम्पत्ति बन्यो समस्याः कसैको हत्या गरियो त कसैको टुट्यो परिवार
९६ वर्षे दिलिप कुमार र उनकी श्रीमती सायरा बानो आजकाल एक बंगलाको विवादका कारण चर्चामा छन् । उनीहरुले बिल्डर समिर भोजवानीमाथि उनको पाली हिलस्थिती बंगलाको नक्कली दस्तावेज बनाएर उनीहरुको अधिकार खोस्न र इमेज खराब गर्न चाहेको आरोप लगाएका छन् । सायराले भारतीय प्रधानमन्त्री मोदीसँग बिल्डरबाट बचाइदिन गुहार पनि मागेकी थिइन् र पछिल्लो दिन उनीविरुद्ध दुई सय करोडको मानहानी पनि दाबी गरेकी छिन् ।
दिलिप कुमारले यो बंगला भएको जमिन सन् १९५३ मा किनेका थिए । त्यतिबेला उक्त जमिनको मूल्य १.४० लाख भारु थियो । हुन त बलिउडमा सम्पत्तिको विषयमा विवाद कुनै नयाँ कुरा होइन । थुप्रै बलिउड सेलिब्रिटीलाई आफ्नै सम्पत्ति समस्या बनेका थुप्रै उदाहरण छन् । आउनुहोस्, यसबारे जानकारी लिऔं ।
१. घरका लागि लडे निरुपा रोयका छोरा
फिल्म दिवारमा अमिताभ बच्चन र शशी कपुरकी आमाको भूमिका निभाउने नायिका निरुपा रोयका छोराबीच घरको विवाद पछिल्ला वर्ष निकै चर्चामा रह्यो । निरुपा रायले सन् १९६३ मा एउटा घर १० लाख भारुमा किनेकी थिइन् । अहिलेको समयमा यो अपार्टमेन्टको मूल्य सय करोड भारु अनुमान गरिएको छ जसका लागि निरुपाका छोरीबीच विवाद चलिरहेको छ । गत वर्ष उनीहरुबीच कुटाकुट र गालीगलौजसमेत भयो । कान्छा छोरा किरणले सन् २०१६ मा अदालतमा निवेदन पनि दिए जसमा उनका दाइ योगेशले घरको स्वामित्व पाउनका लागि आफूलाई धम्काइरहेको लेखेका थिए । मामला अहिले पनि अदालतमा विचाराधीन छ ।
२. किशोर कुमारको बंगलामाथि भिडे छोरा–भतिजा
किशोर कुमारको बम्बे बजारस्थित सम्पत्ति विवादमा फसेको छ । किशोर कुमारका भतिजा र अनुप कुमारका छोरा अर्जुन कुमारले उक्त सम्पत्तिमा आफ्नो हक जताएका थिए । किशोर कुमारको जन्म खण्डवाको बम्बे बजारस्थिती बंगलामा भएको थियो । अहिले यो बंगला खण्डहर जस्तै बनेको छ । करोडौंको यो सम्पत्तिमाथि किशोर कुमारका छोरा सुमित कुमार र भतिजा अर्जुन कुमारले आफ्नो अधिकार जमाए । यद्यपी, अब किशोर कुमारका पैतृक निवास अब अनुप कुमारका छोरा अर्जुन कुमारको नाममा नै छ । सात हजार ६ सय वर्गफिटमा बनेको बंगला र पसलको मूल्य लगभग (सरकारी दरले) १२ करोड भारु अनुमान गरिएको छ । यसको बजार मूल्य १५ देखि १६ करोड मानिएको छ ।
३. जब सम्पत्तिसँग जोडिएको तीस वर्ष पुरानो मुद्दा हारे आदित्य पंचोलीः
अभिनेता आदित्य पंचोली पनि सन् २०१५ मा सम्पत्ति विवादमा फसेका थिए । सर्वोच्च अदालतले उनलाई तीस वर्ष पुरानो मामलामा निर्णय सुनाउँदै आफ्नो मुम्बईस्थित फ्ल्याट खाली गर्न निर्देशन दिएको थियो ।
वास्तवमा सन् १९६० मा पंचोलीका बुवाले एक सय ५० भारु प्रति महिना भाडामा जुहुमा उक्त बंगलामा भाडामा लिएका थिए । बंगलाका मालिक ताराबाई हाटेले पंचोली परिवारविरुद्ध सन् १९७७ मा मुद्दा दर्ता गरेका थिए । पंचोलीले थुप्रै महिनादेखि भाडा नदिएको मालिकले आरोप लगाएका थिए । त्यसपछि मामला मुम्बई हाईकोर्ट पुग्यो । अदालतले उनलाई फ्ल्याट खाली गर्न र बक्यौता रकम चुकाउन आदेश दियो । त्यसपछि पंचोली सर्वोच्च अदालत गए जहाँ उनले बक्यौता रकम बुझाउनका लागि कुनै जानकारी नआएको बताए । उनको यो निवेदनलाई सर्वोच्च अदालतले खारेज गरिदियो ।
४. जफत गरियो शाहरुख खानको बंगला डेजा–वू
आयकर विभागले शाहरुख खानको अलिबागमा भएको बंगलालाई गत वर्ष जनवरीमा जफत गर्यो । शाहरुखको यो डेजा वू फार्महाउस अलिबागमा छ जसलाई विभागले अनौपचारिक (प्रोविजनल) रुपमा जफत गरेको थियो । विभागका अनुसार शाहरुखको यो बंगला खेतीयोग्य जमिनमा बनाइएको हो । आयकर विभागले शाहरुख खानलाई सन् २०१७ को डिसेम्बरमा नोटिस पठाएको थियो ।
५. सलमानको अर्पिता फार्म पनि विवादमाः
पनवेलको वाजापुरमा बनेको सलमानको फार्म हाउसको विषयमा पनि गत वर्ष जुलाईमा विवाद निम्तिएको थियो । एक पत्रिकाका अनुसार महाराष्ट्र वन विभागले अर्पिता फार्म्सको इन्भारोन्मेन्टल अडिटपछि खान परिवारलाई नोटिस जारी गरियो । सन् २००३ मा पनवेलको वाजापुरस्थित यो पूरा क्षेत्रलाई ‘इको–सेन्सेटिभ जोन’ घोषित गरिएको छ जसका कारण यहाँ कुनै प्रकारको निर्माण गर्न सकिँदैन । अर्पिता फार्म्समा सिमेन्ट कंक्रिटको निर्माण गरेर फरेस्ट एक्टको उल्लंघनको आरोप लाग्यो । खान परिवारलाई वन विभागका अधिकारी एसएस कापसेले नोटिस दिएका थिए तर ११ दिन भित्रै नै उनलाई वाजापुरबाट कापसे ट्रान्सफर गरिएको थियो ।
६. प्रिजा राजवंशका सौतेनी छोराहरुले गरेका थिए हत्याः
देव आनन्दका दाइ चेतन आनन्दकी प्रेमिका प्रिया राजवंशीको पनि सम्पत्तिको लालचमा हत्या गरिएको थियो । चेतन आनन्दले आफ्नो पहिलो विवाह तोडे तर प्रियाका लागि छुट्टै बंगला बनाएर थुप्रै वर्षसम्म सँगै बसे । चेतनसँग प्रिया आफ्नो जीवन निकै राम्रो तरिकाले बाँचिरहेकी थिइन् तर चेतनको निधनपछि उनको समस्या सुरु भयो । सन् १९९७ मा जब चेतनको मृत्यु भयो तब प्रिया एक्ली भइन् । उनको लागि तनावको सबैभन्दा ठूलो कारण त्यही बंगला थियो । उक्त बंगलाको मूल्य लगातार बढिरहेको थियो । चेतनका छोरा केतन आनन्द र विवेक आनन्दले प्रियालाई उक्त बंगलाबाट निकालिदिन चाहन्थे । तर उनीहरुको प्रत्येक कोसिस खेर गए । त्यसपछि चेतनका छोराहरुले बंगलामा काम गर्ने सहयोगीसँग मिलेर प्रियाको हत्या गरिदिए । सन् २००० को मार्च २७ मा प्रिया आफ्नो बंगलामा मृत भेटिइन् । सुरुमा त उनको हत्यालाई आत्महत्या बताइयो । तर अनुन्धानपछि वास्तविकता सार्वजनिक भयो । मुम्बईको एक अदालतले सन् २००२ जुलाई ३१ मा केतन आनन्द र विवेक आनन्दसहित सहयोगी माला चौधरी र अशोक स्वामीलाई जन्मकैदको सजायँ सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण