भ्रष्टाचारको औषधी राजनीति होइन, प्रेम हो : अभिनेता मनोज गजुरेल

काठमाडौं – चर्चित हास्य अभिनेता मनोज गजुरेलले राजनीति भन्दा प्रेम भ्रष्टाचारबिरुद्ध प्रभावकारी औषधी भएको बताएका छन् । ‘भष्टाचार नियन्त्रका लागि सबैभन्दा बलियो अस्त्रको रुपमा प्रेम पाएको छु’ उनले भने ‘त्यसैले पनि भष्टाचार विरुद्धको फिल्म ‘सयकडा दश’ मा यसले राम्रो स्थान पाएको छ ।’
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा गजुरेलले भ्रष्टाचार प्रकरणको समाधान दीर्घकालिन रुपमा राजनीतिभन्दा प्रेम भित्र खोजिनु पर्ने तर्क अगाडि सारे ।
गजुरेलले यसै फिल्म मार्फत चलचित्र अभिनयमा डेब्यु गरेका हुन् । देश तथा विदेशमा समेत लोकप्रिय कलाकार गजुरेलले फिल्म ‘सयकडा दश’को विषय भष्टाचारविरुद्ध भएकोले पनि आफुले अभिनय गरेको सुनाए ।
‘मैले जहिले पनि यस्ता विषयमा विभिन्न माध्यमबाट ब्यङ्ग्य प्रहार गर्दै आएको छु’ उनले थपे ‘यस्ता विषयका सन्देश प्रवाह गर्न फिल्म पनि सशक्त माध्यम हो भन्ने मलाई लागेको छ ।’ गजुरेलले कला र मनोरञ्जन समाजको रुपान्तरणका लागि प्रयोग गर्नुपर्ने खाँचो औंल्याए ।
कार्यक्रममा फिल्मका निर्माता समेत रहेका अभिनेता राजाराम पौडेलले आफ्ना लागि पैसाभन्दा कलाले अर्थ राख्ने बताए । ‘दुई सय जति फिल्म गरेँ हुँला, केही पेन्डिङमा होलान् । मेरा लागि सयकडा दश सर्वोत्कृष्ट हो’ उनले दाबी गरे ।
अभिनेत्री करुणा श्रेष्ठ र अभिनेता अमृत ढुंगानाले चरित्र चित्रणबारे चर्चा गरे । ‘गरेजति फिल्ममा मैले पात्र र शैलीमा नयाँपन पस्कने प्रयास गरेको हुन्छु’ ढुंगानाले भने । अभिनेत्री श्रेष्ठले भने फिल्म आफ्ना लागि अभिनय सिक्न सिक्ने पाठशाला भएको बताइन् ।
गीत र ट्रेलरले दिलाएको सुःखद फिडब्याकले खुशी लागेको बताउँदै निर्देशक रामशरण पाठकले भने, ‘फिल्मले पनि राम्रो गर्छ होला ।’
माघ १८ मा रिलिज हुने यो फिल्मलाई दर्शन नेपाल क्रिएसनले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिज्बुल्लाहले भन्यो– इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानको साथमा छौँ
-
जेलेन्स्कीसँगको सम्झौतामा पुटिनलाई शंका
-
मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
कांग्रेस लुम्बिनी प्रदेश सभापतिद्वारा बजेटको विरोध, अनधिकृत स्थलमा बजेट बनाएको आरोप