हिज्बुल्लाहले भन्यो– इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानको साथमा छौँ
सारांश
- हिज्बुल्लाहले इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानलाई समर्थन गर्ने बताएको छ, इरानको आणविक कार्यक्रम शान्तिको लागि भएको दाबी गर्दै।
- हिज्बुल्लाह नेता शेख नईम कासिमले इरानको विरोध आणविक कार्यक्रमका कारण नभएको र अमेरिकाले पश्चिम एसियालाई अस्थिरतातर्फ लगिरहेको आरोप लगाए।
- अमेरिकाले इजरायल-इरान द्वन्द्वमा सामेल नहुन हिज्बुल्लाहलाई चेतावनी दिएको छ, युद्धमा संलग्न हुनु 'धेरै खराब निर्णय' हुने बताएको छ।
बेरुत । इरान र इजरायलबिच तनाव चलिरहँदा हिज्बुल्लाहले पनि तेहरानको समर्थनको दाबी गरेको छ । ‘इजरायल र अमेरिका विरुद्धको लडाईंमा हामी इरानको साथमा छौँ । इरानको आणविक कार्यक्रम शान्तिको लागि हो । उसले आफ्ना जनताको सेवा गर्न चाहन्छ । यसबाट कसैलाई पनि हानी हुने छैन । बरु यो इरान र पश्चिम एसियाको लागि एक प्रमुख वैज्ञानिक योगदान हुनेछ’ हिज्बुल्लाह नेता शेख नईम कासिमले भनेका छन् ।
विश्व स्तरमा इरानको विरोध आणविक कार्यक्रमका कारण नभएको बरु उसले विश्वास, ज्ञान र स्वतन्त्रतालाई समर्थन गरेकोले भएको समेत उनले भनेका छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पको धम्कीको पनि आलोचना गरेका छन् । अमेरिकाले पश्चिम एसियालाई अराजकता र अस्थिरतातर्फ लगिरहेको उनको भनाइ छ ।
अमेरिकाले विश्वलाई ठुलो सङ्कटतर्फ धकेलिरहेको अनि यसबाट अमेरिकाले लाज, अपमान र असफलता मात्र पाउने पनि उनले बताए । तेहरानसँग हिज्बुल्लाहको गठबन्धनलाई पुनः पुष्टि गर्दै, कासिमले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीको समर्थन मागे । ‘हामी सबै स्वतन्त्र मानिसहरू, उत्पीडित, प्रतिरोध लडाकुहरू, विद्वानहरू र असल विचार भएका मानिसहरूलाई आफ्नो आवाज उठाउन आह्वान गर्दछौँ । खामेनी नेतृत्वसँग एकताबद्ध भएर शक्ति, साहस र समर्थन प्रदर्शन गर्नुहोस्’ अझ अगाडि उनले भने ।
यसैबिच अमेरिकाले इजरायल–इरान द्वन्द्वमा सामेल नहुन हिज्बुल्लाहलाई कडा चेतावनी दिएको छ । हिज्बुल्लाह युद्धमा सामेल हुनु भनेको धेरै, धेरै नै खराब निर्णय हुने अमेरिकी राजदूत थोमस ब्यारेकले बेरुतमा भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण