स्वीटजरल्याण्डलाई पछार्ने नेपालको खप्तड
सुन्दर बस्नेत
नेपालको स्वीटजरल्याण्ड भन्नेबित्तिकै आम मानिसको मनमस्तिष्कमा आइहाल्ने नाम हो– जिरी । स्वीटजरल्याण्डको जस्तै प्राकृतिक दृश्यहरु रहेको तथा स्वीस गतिविधि बढी भएको कारण पनि जिरीले त्यो उपमा पाएको हो ।
तर प्राकृतिक दृश्यावालीहरुमा स्वीटजरल्याण्डलाई पनि माथ गर्ने, मनोरम, अनुपम र अद्भूत प्राकृतिक दृश्यावली भएको स्थान हो– खप्तड ।
सुदुर पश्चिमाञ्चलमा पर्ने, १४०० देखि ३३०० मिटरसम्मको उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्जको स्थापना चर्चित धार्मिक व्यक्तित्व खप्तड बाबाको इच्छाअनुरुप १९८४ मा भएको थियो । बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाका करिब २२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खप्तड क्षेत्रलाई २२४ प्रजातिभन्दा बढी अमूल्य जडीबुटीहरु तथा प्राकृतिक इतिहासको जीवन्त संग्राहलय पनि भन्ने गरिन्छ । नेपालभरि पाइने करिब ५६७ प्रजातिका फूल फुल्ने विरुवाहरुमध्ये ११ प्रतिशत विरुवा खप्तडमा पाइने आँकलन गरिएको छ ।
मनै लोभ्याउने खप्तड चराचुरुङ्गीहरुको दृश्यावलोकनको लागि सबैभन्दा उत्तम ठाउँहरुमध्येका एक मानिन्छ । २८७ प्रजातिका चराहरु पाइने खप्तडमा भुक्ने मृग, जंगली कुकुर, बँदेल, घोरल, हिमाली कालो भालु र विभिन्न जातका बाँदरहरु पनि पाइन्छ । पछिल्लो तथ्यांकअनुसार त्यहाँ २३ प्रजातिका स्तनधारी जनावार तथा सोही संख्यामा सरिसृप तथा उभयचरहरु पाइन्छ ।
खप्तड दह, नाग दह, माथिल्लो त्रिवेणी लगायत पर्यटकीय क्षेत्र समेटेको खप्तडका अन्य आकर्षणहरु खप्तड बाबाको आश्रम, धार्मिक धाम शैलेश्वरी, पाँच शहरका नामले चर्चित रामरोशन, मल्लिका देवीको घरको रुपमा चिनिने बडीमल्लिका, सुरमा सरोबर आदि पर्दछन् ।















तथ्य स्रोतः नेपाल पर्यटन बोर्ड, विकिपेडिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण