आमासँग पाँच सय मागेर फिल्म हेर्न गएका थिए मुन्नाभाइका यी नायकः तीन वर्ष भयो, फर्केनन्
संजय दत्तको सुपरहिट फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ सिरिजको तेस्रो फिल्म आउने चर्चा चलिरहेको छ । फिल्ममा ‘सर्किट’ को भूमिका निभाउने अरशद वारसीले पनि फिल्मको स्क्रिप्टमाथि काम भइरहेको पुष्टि गरेका थिए । तर फिल्मसँग जोडिएका एक नायक विगत तीन वर्षदेखि गायब भइरहेको खबर सार्वजनिक भएको छ ।
फिल्ममा सहयोगी भूमिकामा देखिएका विशाल ठक्कर कहाँ छन्, त्यसबारे कसैलाई पनि थाहा छैन । विशालले फिल्ममा एउटा यस्ता युवकको भूमिका निभाएका थिए जसले आत्महत्या गर्ने कोसिस गर्छन् ।
रिपोर्टका अनुसार विशाल जनवरी २०१६ देखि गायब छन् । उनले ३१ डिसेम्बर २०१५ मा आफ्नी आमासँग फिल्म हेर्नका लागि पाँच सय भारु लिएका थिए । उनले आमालाई पनि ‘सँगै जाऔं’ भनेका थिए तर आमाले केही काम देखाउँदै जान अस्विकार गरिन् । त्यही राती विशालले आफ्ना बुवालाई मेसेज पठाएर आफू एक पार्टीमा जान लागेको र भोलिपल्ट मात्रै घर फर्कने जानकारी दिएका थिए ।
पुलिसका अनुसार आफ्नो आमा–बुवासँग मुलुन्डमा बस्ने विशाललाई अन्तिम पटक १ जनवरी २०१६ को बिहान ११ः४५ मा प्रेमिकासँग गोदबन्दर रोड, थाणेमा देखिएको थियो । उनी एक सुटिङका लागि अँधेरी जाँदै थिए । उनी गायब भएपछि न नै फिरौतीका लागि फोन आयो न नै उनको बैंक अकाउन्टबाट पैसा निकालियो । अहिलेसम्म पुसिलले विशालबारे कुनै जानकारी पत्ता लगाउन सकेको छैन न नै प्रेमिकासँग सोधपुछ पछि कुनै निष्कर्ष नै निकाल्न सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण