बहिनी करिना कपुरका कारण ट्रोल भइसकेकी छिन् करिष्मा कपुर
सेलिब्रिटी सोसल मिडिडामा ट्रोल हुनु साधारण कुरा हो । तर आफ्नो कारण नभई दोस्रो व्यक्तिका कारण ट्रोल हुँदा पक्कै पनि राम्रो लाग्दैन । तर करिष्मा कपुरलाई यस्तै भएको छ । करिष्माले करिना कपुरको रेडियो शो What Women Want मा आफू बहिनीका कारण सोसल मिडियामा ट्रोल हुनुपरेको खुलासा गरेकी छिन् ।
करिना कपुर सोसल मिडियामा छैनन् । त्यसकारण करिष्माको इन्स्टा–ट्वीटर अकाउन्टमार्फत करिनाका प्रशंसकले उनीबारे जानकारी पाउँछन् । रेडियो टक शोमा करिष्माले ट्रोलिङको रमाइलो घटनाबारे जानकारी दिँदै भनिन्, ‘इमान्दारीपूर्वक भन्ने हो भने यो तिम्रो लागि निकै फन्नी थियो । एक अनलाइन प्रयोगकर्ताले मलाई भने, ‘आफ्नो बहिनीलाई यति धेरै पाउट नगर्न भन्नुहोस्’ ।’
कुराकानीको क्रममा करिष्माले सेलिब्रिटी र प्रशंसकबीचको सम्बन्ध निकै अद्भूत हुने बताइन् । उनले भनिन्, ‘यदि मैले लामो समयसम्म करिना वा परिवारसँगको कुनै फोटो पोष्ट गरिनँ भने करिनाका प्रशंसकले मलाई लेख्छन्, ‘प्लिज म्याम, के तपाईं एउटा फोटो पोष्ट गर्न सक्नुहुन्छ ?’ त्यसकारण मलाई लाग्छ कि यो अद्भूत सम्बन्ध हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण