गोबिन्दाका भतिजा एवं निर्देशक जन्मेन्द्र आहुजा मृत भेटिए
बलिउड अभिनेता गोबिन्दाका भतिजा जन्मेन्द्र आहुजाको मृत्यु भएको छ । ३४ वर्षका जन्मेन्द्र मुम्बईको यारी रोड एक्सटेन्शनमा भएको एक अपार्टमेन्टमा बस्दथे ।
जन्मेन्द्रको मृत्यु रहस्यमयी स्थितीमा भएको भन्दै पुलिसले उनको शवलाई पोष्टमार्टमको लागि पठाएको छ । यद्यपी, जन्मेन्द्रका कजन दाइ कृष्णा अभिषेककी श्रीमती कश्मिरा शाहले एक वेबसाइटसँगको कुराकानीमा जन्मेन्द्रको मृत्यु प्राकृतिक भएको बताएकी छिन् ।
केही मिडियाले जन्मेन्द्रको हृदयघातका कारण मृत्यु भएको जानकारी दिएका छन् । उनको मुम्बईको पवन हंस अडेटोरियममा अन्तिम संस्कार गरिसकिएको छ । अन्तिम संस्कारमा गोबिन्दा, कृष्णा अभिषेक, विनय आनन्दसहित परिवारका अन्य सदस्य देखिए ।
कीर्ति कुमारका छोरा हुन् जन्मेन्द्रः
जन्मेन्द्र गोबिन्दाका दाइ र निर्माता, निर्देशक कीर्ति कुमारका छोरा हुन् । कीर्ति कुमारले आफ्नो घरमा काम गर्ने महेन्द्र र लालीका छोरा जन्मेन्द्रलाई कानूनी रुपमा धर्मपुत्र बनाएका थिए । जन्मेन्द्र व्यवसायिक रुपमा निर्देशक थिए । उनले ‘प्यार दिवाना होता हे’ मा सह–निर्देशकको रुपमा पनि काम गरेका थिए । उनलाई मायाले डम्पी आहुजा पनि भनिन्थ्यो र उनको फेसबुक अकाउन्टमा पनि यही नाम छ ।
सन् २००६ मा महिलामाथि उत्पीडनको आरोप लागेको थियोः
सन् २००६ मा जन्मेन्द्र र उनका चार साथीहरु विरुद्ध एक महिलामाथि दुर्व्यवहार र उनका श्रीमानमाथि कुटपिटको आरोप लागेको थियो । मुम्बई पुलिसले जन्मेन्द्रविरुद्ध मुद्दासमेत दर्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण