मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

अमिताभको फोटो देखेर रेखाले दिइन् यस्तो अचम्मको प्रतिक्रिया

बुधबार, १६ माघ २०७५, ०९ : २३
बुधबार, १६ माघ २०७५

सोमबार फोटोग्राफर डब्बू रत्नानीको २० औं क्यालेन्डर सार्वजनिक कार्यक्रम मुम्बईमा आयोजना भयो । यो मौकामा विधिनन बलिउड सेलिब्रिटीको उपस्थिती रह्यो । यस्तै, नायिका रेखा पनि कार्यक्रममा भिन्न अन्दाजमा उपस्थित भइन् । कार्यक्रममा चलिरहेको फोटो सेसनमा रेखाले अमिताभको फोटो देखेर निकै अचम्मको प्रतिक्रिया दिएपछि त्यहाँ उपस्थित सबै हाँसो । अमिताभको फोटो देखेर रेखा भागेकी थिइन् ।

क्यालेन्डरमा अमिताभको पनि फोटोः

डब्बूको यो क्यालेन्डर हरेक वर्ष चर्चामा हुन्छ । डब्बूको क्यालेन्डरका लागि ऐश्वर्या राय सन् २००० देखि त अमिताभ बच्चन पछिल्लो १८ वर्षदेखि फोटोसुट गराउँदै आएका छन् । क्यालेन्डरका अर्का महत्वपूर्ण अनुहार जोन अब्राहक डब्बूका स्कूलका सहपाठी हुन् ।

यसरी गराउँछन् स्टार्सलाई मेहनतः

डब्बू उत्कृष्ट तस्बिरका लागि सेलिब्रिटीलाई निकै मेहनत गराउँछन् । कसैलाई राती तीन बजे सुट गराउँछन् भने कसैलाई चिसो मौसममा बिहान–बिहान चिसो पानीमा डुबुल्की मार्न लगाउँछन् । यसपटक पनि फोटोसुटका लागि टाइगर श्रोफलाई बिहान ७ बजे समुन्द्रमा डुबुल्की लगाउन भने त फरहान अख्तरलाई रुखमा चढ्न अह्राए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप