एउटै जिममा वर्कआउट गर्छन् अरबाजकी प्रेमिका जर्जिया र पूर्वपत्नी मलाइका, कस्तो छ सम्बन्ध ?
बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फिटनेसका लागि निकै सजग छिन् । मलाइका हरेक दिन जिममा घण्टौं व्यायाम गर्छिन् । यस्तै, मलाइकाका पूर्वपती अरबाज खानकी प्रेमिका जर्जिया एन्ड्रियानी पनि आफ्नो फिटनेसको निकै ख्याल राख्छिन् । मलाइका झैं उनीपनि जीममा घण्टौं पसिना बगाउँछिन् ।
यस्तै, सलमान खानकी कथित प्रेमिका युलिया भन्तुर पनि यी दुई झैं फिटनेसलाई ध्यान दिन्छिन् । रमाइलो कुरा त के हो भने, उनीहरु तीनैजना एउटै जीममा वर्कआउट गर्छन् । त्यसकारण यी तीनैजनाको धेरैजसो आमने–सामने भइरहन्छ ।
सलमान र अरबाज दुईका प्रेमिकाबीच निकै राम्रो सम्बन्ध छ । दुबै धेरैजसो एक–अर्कासँग पार्टी पनि गर्छन् । मलाइकाले जबदेखि अर्जुन कपुरसँग विवाहको मन बनाएकी छिन् तबदेखि सलमानका साथै अरबाजले पनि उनलाई भेट्न छोडेका छन् । सलमान न त मलाइकासँग कुरा गर्छन् न नै उनलाई कहिले पार्टीमा नै बोलाउँछन् ।
यस्तै, खबरका अनुसार अरबाजले पनि मलाइकासँग सबै सम्पर्क तोडेका छन् । जर्जिया र युलिया पनि मलाइकासँग एउटै जिममा वर्कआउट गर्छन् तर एक–अर्कासँग टाढै रहन्छन् ।
गत वर्ष गणपती पूजाको क्रममा सलमानकी बहिनी अर्पिताको घरमा अरबाजकी प्रेमिका जर्जिया र उनकी पूर्वपत्नी मलाइकाबीच भेट भएको थियो । दुबैलाई मलाइकाकी बहिनी अमृता अरोराले भटाएकी थिइन् । तर अब खान परिवार र मलाइकाबीचको सम्बन्ध निकै चिसिएको छ त्यसकारण जीममा पनि उनीहरुबीच कुराकानीसमेत हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण