सिंहदरबारको फुटपाथमा नेकपाको झण्डावाल भारतीय सवारी, सडकमा पैदलयात्री (फोटो/भिडियो)
समय : आइतबार मध्यान्ह । स्थान : नेपालको मुख्य प्रशासासनिक केन्द्र सिंहदरबारको गेट छेउको फुटपाथ ।
नेकपाको झन्डा, भारतीय नम्बरप्लेट । गाडीभित्र चालक निदाइरहेका छन् ।
पैदलयात्रीलाई हिँड्नसमेत अप्ठेरो हुनेगरी फुटपाथमै चढाएर गाडी पार्किङ गरिएको थियो ।
सो गाडीपछाडि फुटपाथमै अर्को गाडी पनि पार्किङ गरिएको थियो, त्यसमा भने चालक थिएनन् ।
सोही स्थानमा निर्माण भइरहेको नयाँ होटल अगाडि पुरै फुटपाथ ढाकेर थुप्रै संख्यामा मोटरसाइकल पार्किङ गरिएको थियो ।
सिंहदरबारकै छेउमा रहेको खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागको गेटमा पार्किङ गरिएको मोटरसाइकलको हावा खुस्काइरहेका थिए कार्यालयका सुरक्षागार्ड ।
गेट नै अवरुद्ध हुने गरी मोटरसाइकल पार्किङ गरेपछि अलिकति हावा खुस्काइदिएको उनले बताए ।
यता, जिल्ला प्रशासन कार्यालय अगाडि हुँदै बबरमहल आउने बाटोमा नो पार्किङ लेखेको बोर्ड पनि राखिएको छ । तैपनि बाटो नै अवरुद्ध हुने गरी मोटरसाइकल पार्किङ हुने गरेको छ ।
त्यस आसपास एक–दुईजना ट्राफिक प्रहरी पनि घुमिरहेका देखिन्छन् । तर पैदलयात्रु हिँड्ने फुटपाथ यसरी अनाधिकृत पार्किङको शिकार बनिरहँदा उनीहरु मुकदर्शक बनिरहेका छन् ।
फुटपाथ पनि सवारी साधनले कब्जा गर्न थालेपछि पैदलयात्रु सडकमा हिँड्न बाध्य छन् । यसले दुर्घटनाको जोखिम बढाइरहेको छ ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपाका संस्थापक सदस्य, प्रथम महाधिवेशनमा देखिने छैनन् चर्चित अनुहार
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
-
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिएकोमा पूर्वउर्जामन्त्री घिसिङद्वारा धन्यवाद व्यक्त
-
लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य अवकाशमा
-
डीपसिकसहित सयभन्दा बढी चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्न अमेरिकाको ढिलाइ
-
लेबनानमा युद्धविराम गर्न जी–सेभेन राष्ट्रहरूको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण