डोलेश्वर महादेवमा ‘बाबा’का अनेक रुप, १० तस्विरमा हेर्नुहोस्
भक्तपुर– हिन्दुहरुको पर्व महाशिवरात्री भोली सोमबार मनाइँदैं छ । सो पर्वका लागि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा नेपालका अन्य जिल्ला तथा भारतबाट आए बाबाहरुको उपस्थिति बाक्लो हुन थालेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्षपनि २ सय भन्दा धेरै बाबाहरु मन्दिर परिसरमा आइसकेका छन् ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले को तयारी पूरा भएको जनाइएको छ । महाशिवरात्री पर्वमा डोलेश्वरमा देश विदेशबाट साधु–सन्तहरुलाई श्रेणीमा वर्गीकरण गरि दक्षिणा दिइने प्रचार–प्रसार उपसमिति संयोजक एवम् समितिका सचिव विश्वराम थापाले जानकारी दिए ।

‘क’ वर्गका साधुसन्तका लािग एक हजार एक सय एघार, ख वर्गका लागि ७ सय ७७ र ग वर्गका लागि ५ सय ५५ रुपैयाँ दक्षिणा तथा प्रति साधुलाई एक थान कम्बल र एक थान धोती प्रदान गरिनेछ । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरिएको छ ।

महाशिवरात्री पर्व सम्पन्न गर्न करिब ६ लाख खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष मोहन बल्लको भनाई छ । शिवरात्रीका दिन पञ्चस्नानको लागि १ हजार १ सय र महाशिवरात्रीको दिन चार प्रहर पूजामा सम्मिलित हुन चाहाने भक्तजनहरुका लागि ३ हजार ३ सय ३३ को रसिद काटी पूजामा सामेल गराईने छ ।

त्यसैगरी मन्दिरको वार्षिक कार्यक्रमअनुसार शिवरात्रीका लागि सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि १२ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि खुला गरिनेछ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण