बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

आश्मालाई पलले बुलेटमा उडाएपछि ....

मङ्गलबार, १७ साउन २०७४, १६ : २२
मङ्गलबार, १७ साउन २०७४

काठमाडौ – ‘कार्टुन्ज क्रु’को आकर्षक अभिनय रहेको गीत ‘जता जता पिरतीको बाटो....’ सार्वजनिक भएको छ । युट्युब मार्फत गीत भिडियो सहित सार्वजनिक भएको हो ।
गतबर्ष सार्वजनिक भएको पल शाह र धुर्मुस सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा यो गीत आएको बताइएको छ ।
शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर, दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत छ । 
पोखराका रमणीय स्थानहरुमा सुटिङ गरिएको भिडियोलाई संजय लामाले खिचेका हुन् । भिडियोमा पल शाह र आस्माको समेत अभिनय रहेको छ । भिडियोमा आस्मालाई पलले उडाएपछि सरोजको बिचल्ली भएको देखाइएको छ । कार्टुन्ज क्रुको  कमेडी समेत गरेको भिडियो निकै मन मोहक छ । 
कार्टुन्ज क्रुका सरोज अधिकारीले भिडियोले आफुहरुलाई कमब्याक गराउन सफल रहेको बताए । भिडियोको कारणले सबैतिरबाट राम्रो प्रतिक्रिया आउनेमा आफुहरु आशावादी रहेको काटुन्ज क्रु को भनाई रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप