नबिल बैंकले २२% नगद लाभांश र १२% बोनस शेयर दिने, बैंकको पूँजी ९ अर्ब नाघ्यो
काठमाडौं–नबिल बैंकको ३४ औं वार्षिक साधारण सभाले २२% नगद लाभांश र १२% बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृती अनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट नगद लाभांश २२% र बोनस शेयर १२% दिने प्रस्ताव पारित गरेको हो ।
बैंकले आ.व. २०७४/७५ मा निजी क्षेत्रको बैंकहरुमध्ये उच्चतम मुनाफा ३ अर्ब ९८ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल २१.२२ प्रतिशत र प्रति शेयर आम्दानी ५०.२५ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ६१ अर्ब पुर्याउन सफल भएको छ । बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ ।
अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्घि भएको छ । वाणिज्य बैंकहरुमध्ये आ.व. २०७३/७४ मा सबै भन्दा बढी कर राजस्वमा योगदान पुर्याए वापत बैंकले आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको छ ।
बैंकको नेटवर्थ २० अर्ब ५९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी यस बर्ष ९ अर्ब १ करोड नाघेको छ ।
साधारण सभामा बोल्दै बैंकका अध्यक्ष पौड्यालले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएको बताए ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफल दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक