शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

लेखा परीक्षणको काम नसकी कार्यालय प्रमुखको सरुवा नगर्न महालेखा परिक्षकको यस्तो निर्देशन

बुधबार, १८ साउन २०७४, २१ : ५०
बुधबार, १८ साउन २०७४

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणको काम सम्पन्न नगरी कुनै पनि कार्यालयका प्रमुख र लेखा प्रमुखको सुरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।

महालेखा परीक्षक टंकमणि शर्माले लेखा परीक्षणमा संलग्न अधिकारीहरुको विवरण समेत महालेखा परीक्षकको कार्यालयमा बुझाउन पनि सरकारलाई सचेत गराए । बुधबार मुख्य सचिव राजेन्द्रकुमार क्षेत्री, संसद सचिवालयमा महासचिव र विभिन्न मन्त्रालयका सचिवहरुसँग सामूहिक छलफल गर्दै उनले विगत ५ वर्षयता लेखा परीक्षणमा संलग्न अधिकारीहरुको नाम उपलब्ध गराउने गरी कार्यालयले योजना तय गरेको पनि स्पष्ट पारे । महालेखा परीक्षकको कार्यालयले बढदो बेरुजु घटाउने गरी विभिन्न कार्ययोजनाहरु पनि तय गरेको छ ।

महालेखा परीक्षक शर्माले कार्यालयले परिपत्र गरेको ३५ दिन भित्र लेखा परिक्षणसम्बन्धि सम्पूर्ण विवरण कार्यालयमा पेश गर्न पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए । महालेखा परीक्षकको कार्यालयले माग मसान्त भित्र लेखा परीक्षणको काम सम्पन्न गरी सक्ने योजना पनि बनाएको छ ।

महालेखा परीक्षक शर्माले गत आर्थिक वर्षको ५ हजार अरव रुपैयाँ बराबरको लेखा परीक्षण गर्ने पनि जानकारी दिए । यो वर्ष ५ हजार ५ सय संस्थाको लेखा परिक्षण गर्ने योजना बनाइएको छ । महालेखा परीक्षकको कार्यालयले यस वर्षदेखि धार्मिक संस्थाहरुको पनि लेखा परीक्षण सुरु गर्ने तयारी पनि गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप