एसईई सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो, परीक्षा रद्ध
सिराहा – सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत शुक्रबारको सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको खुलेको छ ।
बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सिराहाका जिल्ला शिक्षा तथासमन्वय इकाइ प्रमुख डोलराज पाण्डेले जानकारी दिए ।
हिजो पनि विज्ञान विषयमा प्रश्नपत्र बाहिरिएपछि रद्द भएको थियो । प्रदेश नम्बर २ मा परिक्षा हुनुपूर्व नै विज्ञान विषयको प्रश्नपत्र बाहिएपछि प्रदेश सरकारले छानबिन गठन गरेको छ ।
बिहिबार जनकपुरमा अबेर साँझ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले समिति बनाएको घोषणा गरेको हो ।
प्रदेश सरकारले यसबारे छानबिन गर्ने भएको छ । प्रदेश सरकारले शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति गठन गरेको सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिए । यस समितिमा उपसचिव ठूलोबाबु दाहाल र कानुन शाखाका उपसचिव अरुणकुमार झा सदस्य छन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण