एसईई सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो, परीक्षा रद्ध

सिराहा – सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत शुक्रबारको सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको खुलेको छ ।
बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सिराहाका जिल्ला शिक्षा तथासमन्वय इकाइ प्रमुख डोलराज पाण्डेले जानकारी दिए ।
हिजो पनि विज्ञान विषयमा प्रश्नपत्र बाहिरिएपछि रद्द भएको थियो । प्रदेश नम्बर २ मा परिक्षा हुनुपूर्व नै विज्ञान विषयको प्रश्नपत्र बाहिएपछि प्रदेश सरकारले छानबिन गठन गरेको छ ।
बिहिबार जनकपुरमा अबेर साँझ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले समिति बनाएको घोषणा गरेको हो ।
प्रदेश सरकारले यसबारे छानबिन गर्ने भएको छ । प्रदेश सरकारले शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति गठन गरेको सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिए । यस समितिमा उपसचिव ठूलोबाबु दाहाल र कानुन शाखाका उपसचिव अरुणकुमार झा सदस्य छन् ।